Main Menu

Sunday, January 28th, 2018

 

भूमण्डलीकृत पुँजीवाद आयो, लेनिनको युग सक्यो – आहुति [अन्तर्वार्ता]

(गत माघ ९ गते नेकपा (माओवादी केन्द्र) सँग सम्बन्ध बिच्छेद गर्दै छुट्टै नयाँ कम्युनिस्ट आन्दोलनको अभियान सुरु गर्छु भनी अगाडि बढेका नेता आहुतिसँगको अन्तर्वाताको पहिलो खण्ड प्रकाशित गर्यौं । यहीबीच उनले गत मंगलवार आफ्नो फेसबुक पेजमा “भूमण्डलीकृत पुँजीवाद र संसदवादका विरूद्ध वैज्ञानिक समाजवादको पक्षमा नयाँ कम्युनिस्ट अभियानको म एक अभियन्ता हुँ ! आजैको मितिबाट आजभन्दा पहिले म रहेको पार्टी र संगठनसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउन चाहन्छु ।” भन्ने स्टाटस लेखी नेकपा (माओवादी केन्द्र) र सोसँग सम्बन्धित आफू संलग्न सम्पूर्ण संगठनहरुबाट अलग भएको घोषणा गरेका छन् । नेता आहुति पार्टीबाट अलग नहुँदै मूल्याङ्कन अनलाइनले पुस महिनामा उनीसँग लिएको अन्तर्वार्ताको सम्पादित दोश्रोपूरा पढ्नुहोस्


संघीयताबारे बौद्धिक विमर्श, कार्यान्वयनमा सावधानी अपनाउनुपर्नेमा जोड

माघ १४, बागलुङ यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् । धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र/मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संघीयताका राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा यसको कार्यान्वयनमा सावधानी अपनाउनुपर्ने सहभागीको भनाइ थियो । क्याम्पसको समाजशास्त्र/मानवशास्त्र विभागका पूर्वप्रमुख मनबहादुर खत्रीले संघीयता संवेदनशील विषय भएकाले प्रक्रियासम्मत र जनअपेक्षाबमोजिम संघीयता अघि नबढे दुर्घटना निम्तिने बताए । “संघीयताको सही व्यवस्थापन नभए मुलुक जातीय, क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ”, उनले भने । नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताइन्पूरा पढ्नुहोस्


पत्रकार महासंघ काठमाडौंले विशेष प्रस्ताव पारित गर्यो

माघ १४, काठमाडौं नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको विस्तारित बैठक नुवाकोटको ककनीमा गत माघ १२ र १३ गते सम्पन्न भएको छ । संघीय संसद तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भई अब नयाँ संविधान मुताविक मुलुकको केन्द्रीय सरकार र प्रदेश सर्कारहरु निर्माण हुन लाग्दै गरेको यस घडीमा सम्पन्न उक्त बैठक अत्यन्त महत्वपूर्ण भएको र त्यसले निकट भविष्यमै गठन हुन गइरहेको वामगठबन्धनको सुविधाजनक बहुमतीय सरकारबाट नेपाली मिडियाको स्वतन्त्रता, विकास, समृद्धि र आधुनिकीकरणका लागि न्यायसंगत अपेक्षा राख्दै बिभिन्न प्रस्तावहरु पारित गरेको सहभागी इमूल्याङ्कन सम्वाददाताले बताएका छन् । उक्त विस्तारित बैठकद्वारा पारित विशेष प्रस्तावहरु : १) सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेशपूरा पढ्नुहोस्