Main Menu

Tuesday, January 2nd, 2018

 

बिचार/दस्ताबेज

काम गर्ने तरिकासम्बन्धी सोह्र बुँदा

(नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओत्सेतुङको प्रभाव प्रचुर भेटिन्छ । वि. सं.२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिँदा चीनमा माओत्सेतुङको नेतृत्वमा भर्खर नयाँ जनवादी क्रान्ति सम्पन्न भएको स्थिति थियो । त्यसैले नेपाली  क्रान्तिको ढाँचा, सिद्धान्त, नारा, नीति तथा कार्यक्रमहरुमा माओ बिचारको स्पष्ट छाप देखिन्छ । माओत्सेतुङको व्यक्तित्व, व्यवहार र दैनिकी समेत नेपाली नेताहरुको लागि एक मोडेल बन्यो । यो प्रभाव पछिल्लो समयमा ‘माओवाद’ र ‘माओवादी जनयुद्ध’ को रुपमा उत्कर्षमा पुग्यो । तर, अहिले माओवाद र माओवादी आन्दोलनमा गतिरोध उत्पन्न भएको छ ।  माओवादलाई पथप्रदर्शक मान्दै आएको तत्कालीन नेकपा माओवादी र त्यसकै निरन्तरतामा पछिल्लो समयमा पुनर्गठीत भई हालसम्मपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई सर्वोच्चले राष्ट्रिय मान्यता दिएन

पुस १८, काठमाडौँ सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो । अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको सुनुवाइपछि अदालतले मान्य दिन अस्वीकार गर्दै सो मुद्दा नै खारेज गरेको छ । अदालतले यसअघि नै रुक्मशम्शेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिने फैसला सुनाएको थियो । त्यसका विरुद्धमा श्रेष्ठ अदालतमा गएका थिए ।


राष्ट्रियसभाको निर्वाचन माघ २५ गते

पुस १८, काठमाडौँ सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


बाँदर ठानेर हानेको गोली लागेर मृत्यु

पुस १८, पाल्पा बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए । गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् ।


माओवादी केन्द्र बैठक : पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाइने

पुस १८, काठमाडौँ नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । “एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा देखिएको समस्याले छलफल लम्बिएको हो, पार्टी एकता प्रक्रिया अगाडि जान्छ,” बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्, “पार्टी एकतापूरा पढ्नुहोस्


राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न देउवालाई प्रचण्डको आग्रह

पुस १८, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उनले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्नपूरा पढ्नुहोस्


निर्वाचन खर्च ओलीको २४ लाख, सिटौलाको २३ लाख

पुस १८, बनियानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाटपूरा पढ्नुहोस्


तीन राप्रपा एकीकरण हुँदै, नाम परिवर्तन गर्न छलफल सुरु

पुस १८, काठमाडौँ पञ्चायत पृष्ठभूमिका विभाजित पार्टीहरुलाई एकीकृत वा नाम परिवर्तन गरी नयाँ पार्टी स्थापना गर्न तीन वटै राप्रपाका नेताबीच विमर्श शुरु भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि दोस्रो तहका नेताले नेतृत्व र नीतिको विकल्प खोजेका हुन् । हाल कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) तीन दलमा विभाजित भएका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको महसुस नेताहरुले गरेका छन् । पार्टीका नेताले विचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक दल निर्माणका लागि विभिन्न विकल्पमा छलफल शुरु गरेको राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिए । “तीनपूरा पढ्नुहोस्


भूकम्पपीडितका लागि प्राप्त २ करोडको राहत नष्ट

पुस १८, नुवाकोट जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । वि.सं. २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको लामो समयसम्म सही व्यवस्थापन नहुँदा कुहिएको थियो । भूकम्पपछि जिल्लाका प्रशासक र राजनीतिक दलबीच राहत वितरणमा उत्पन्न विवादले ती सामग्री भण्डार गरिएको थियो । रु. ५ करोडभन्दा बढीको राहत सामग्री इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा अव्यवस्थितरुपमा राखिएका कारण आधाभन्दा बढी सामग्री कुहिएको जिल्ला प्रशासन कार्यालयकापूरा पढ्नुहोस्


रानीपोखरी पुनःनिर्माणबारे सुझाव संकलन सुरु

पुस १८, काठमाडौँ काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि ५ दिनका लागि सुझाव दिन खुला गरिएको छ ।सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन् । देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ । विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनिपूरा पढ्नुहोस्