Main Menu

Thursday, January 18th, 2018

 

भारतले सीमा मिचेको क्षेत्रमा अखिल क्रान्तिकारीको टोली जाँदै

माघ ४, काठमाडौँ भारतले सीमा स्तम्भ पुनर्निर्माणको क्रममा नेपालको ५० विघाभन्दा बढी जमीन मिचेको क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का उपाध्यक्ष सहितको ८ सदस्यीय टोली विरोधको लागि जाने भएको छ । यूनियनका अध्यक्ष रन्जित तामाङले आज एक विज्ञप्ति प्रकाशित गरी अखिल (क्रान्तिकारी)ले यस्तो निर्णय गरेको बताएका छन् । ‘सीमा सारिएको क्षेत्रमा गई स्थलगत रुपमा अध्ययन गरी थप संघर्ष उठान गर्न संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली छपकैया जाने निर्णय भएको छ ।’ विज्ञप्तिमा भनिएको छ । स्थलगत अध्ययनपछि संघर्षको घोषणा गरिने सो विज्ञप्तिमा उल्लेख छ । सीमा अतिक्रमण रोक्न सरकारसँग माग गर्दै यूनियनले नेपाल–भारत संयुक्तपूरा पढ्नुहोस्


३२ एयरलाइन्सबाट तिरेन बक्यौता रकम (सूचीसहित)

माघ ४, काठमाडौँ विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु. ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । एयरलाइन्स तिर्न बाँकी वक्यौता रकम अष्ट्रियन एयरलाइन्स ४३ हजार ६०० बरमा एयरवेज १ लाख ८६ हजार ८५० लुफथान्सा एयर १ लाख ६३ हजार ६४४ गल्फ एयर २७ लाख ८ हजार ७७७ एयर सहारा २४ लाख ७८ हजार १२६ बहराइन एयर २४ लाख ६३ हजार ३७१ ओरियन्ट थाई एयरलाइन्स ५पूरा पढ्नुहोस्


सामुदायिक वनको पर्यापर्यटनबाटै ६० लाख आम्दानी

माघ ४, रत्ननगर, चितवन पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाटै रु. ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले १ वर्षमा पर्यापर्यटनबाट मात्रै रु. ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु. ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिपपूरा पढ्नुहोस्


समानुपातिकतर्फ विजयी उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

माघ ४, काठमाडौँ निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका रहेको छ । प्रदेश नं १ नेकपा एमाले (१५) नेपाली काँग्रेस (१३) माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल (५) १ वीनादेवी राई २ सावित्री जोशी ३ उषाकला राई ४ कृष्णकुमारी राई ५ पदमकुमारी गुरुङ ६ होमकुमारी साँवा ७ आशारत्न जवेगु ८ यसोदा अधिकारी ९ अम्विका थापा १० सरिता थापा ११ सावित्राकुमारी रेग्मी १२ सुनिताकुमारी चौधरी १३ जसमाया गजमेर (विश्वकर्मा) १४ बसन्तीदेवी यादव १५ गुलेफुन खातुन १ प्रतापप्रकाशपूरा पढ्नुहोस्


धनकुटामा एक दर्जन कार्यालयमा तोडफोड, कर्फ्यु जारी

माघ ४, धनकुटा धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर प्रहार गरेको बताइएको छ । यो घटनापछि भीड उत्तेजित भएको थियो । आन्दोलनकारीले बिहान ८ः३० बजेतिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भण्डारी गाडी लिएर आएका थिए । आक्रोशित भीडले भण्डारी चढेर आएको ना१झ १३१४ नम्बरको गाडी तोडफोड गरिदिए । मदन चोकमा भएको उक्त घटनापछिपूरा पढ्नुहोस्


खुला स्थानमा दिसा गर्दै गरेका २५ जना पक्राउ

४ माघ, इटहरी सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास संघसंस्था सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिसापिसाब गरिरहेको अवस्थामा फेला पारेर बिहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिए । जिल्ला सरसफाइ अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयका अभियानकर्मीहरु ललिता लम्साल, सुजाता शाक्य, तारा कार्की,पूरा पढ्नुहोस्


स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

congress-leader-aryal-construct-20-houses

४ माघ, डडेल्धुरा डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने नीति लिएर गाउँपालिकाका ५ वटा वडामा ल्याब सेवा सञ्चालन गराइएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए । अजयमेरु गाउँपालिकाको २ नं वडामा रहेको स्वास्थ्य चौकीमा ल्याब सेवाको उद्घाटन गर्ने क्रममा अध्यक्ष भट्टले अजयमेरु गाउँपालिकालाई समृद्ध र स्वस्थ वडाका रुपमा विकसित गर्नका लागि पनि सबै वडामा खोलिएको ल्याब सेवाले उदाहरणीय कार्य गर्ने बताए । वडामा नै ल्याबको व्यवस्था भएसँगै स्थानीयवासीपूरा पढ्नुहोस्


काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

pm-hungarian-ambassador-meeting

माघ ४, काठमाडौँ प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित छन् । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचनापूरा पढ्नुहोस्


डेंगुबाट एकको मृत्यु

४ माघ, चितवन डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए । चालु आवमा १ हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिए । १ हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उनले बताए ।पूरा पढ्नुहोस्


स्थानिय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

congress-leader-aryal-construct-20-houses

४ माघ, तेह्रथुम जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका ६ वटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले बताए । स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारको अवस्थालगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा. शाहले बताए । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । सो अवसरमापूरा पढ्नुहोस्