Main Menu

Tuesday, January 23rd, 2018

 

मुस्ताङमा पर्यटक आगमनमा ३४ प्रतिशतले बढ्यो

माघ ९, मुस्ताङ हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ । सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए । उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या ४ हजार ११५ जना रहेको छ । सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २७२ पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिकपूरा पढ्नुहोस्


वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत हुने

९ माघ, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पबाट क्षतिग्रस्त भई विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न सोमबार बोलाइएको कार्यशाला गोष्ठीमा यस्तो निर्देशन दिइएको हो । प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिए । “सीमित स्रोत साधन भएकाले आयोजनाको प्राथमिकीकरण गरेर पुनःनिर्माणको काम अघि बढाउनुहोस्, नीति बाहिर गएर कार्यक्रम पेश नगर्न सबै निकायलाईपूरा पढ्नुहोस्


एकै सिजनमा रु. ५ लाखसम्म कमाउँछन् इँटा मजदूर

माघ ९, भक्तपुर सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनीहरू दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् । दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उनको दिनचर्या रहेको छ । बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ । त्यसैगरी, ७ र २ वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पतीपूरा पढ्नुहोस्


अन्तर्वार्ता

वर्तमान नेतृत्वबाट सामन्तवादविरोधी संघर्षलाई अगाडि बढाउन सम्भव भयो – आहुति [अन्तर्वार्ता]

(‘जनताको बहुदलीय जनवाद’ लाई नेपाली क्रान्तिको सिद्धान्त मानी २०४६ सालको आन्दोलनपछि पुनर्स्थापित राजा सहितको बहुदलीय संसदीय व्यवस्थाभित्रको राजनीतिमा नै गन्तब्यलाई पूर्ण बिराम गरिसकेको नेकपा (एमाले) र जनयुद्ध गर्दै जनआन्दोलनको आँधीबेहरी सिर्जना गरी गणतन्त्र स्थापनासम्म सफलता हासिल गरेको तत्कालीन नेकपा (माओवादी) को विरासतमा परिवर्तित नेकपा (माओवादी केन्द्र) बीच गत प्रदेश र संघीय संसदको निर्वाचनमा चुनावी गठबन्धन मात्र होइन अब पार्टी एकता नै गर्ने भनी घोषणा र तयारी थालिएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ बहसको सिर्जना भएको छ । के अब माओवादी आन्दोलनको अवसान भएको हो ? के माओवादी नेतृत्वले क्रान्तिको बाटो छाडी यथास्थितिको राजनीति समातेको हो ? के त्यो नेतृत्वले हिजो आफैलेपूरा पढ्नुहोस्


एमाले: चार वटा प्रदेशका उम्मेदवार तय हुँदै

local-elections-uml

९ माघ, भक्तपुर सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उहाँकै अध्यक्षतामा आज बसेको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सोमबार राति १० बजेसम्म बसेको बैठकले तीन वटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो । सोअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम र चक्रप्रसाद स्नेही (दलित) डडेल्धुरालाई उम्मेदवार बनाइनेपूरा पढ्नुहोस्


राष्ट्रियसभा निर्वाचनमा वाम र मधेशी दलबीच तालमेल हुने

माघ ९, काठमाडौँ वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ । एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेशी दललाई नेतृत्वपूरा पढ्नुहोस्


फ्री वाईफाई राख्न कामपालाई बजेट पुगेन

माघ ९, काठमाडौँ काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । “एक स्थानमा इन्टरनेट राख्नका लागि रु. ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको हो,” उनले भने । “इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन । त्यो पनि मुख्य विषय हो,” काफ्लेले भने । पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्लापूरा पढ्नुहोस्


म्याग्दी साक्षर जिल्ला घोषित

माघ ९, म्याग्दी म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६.२७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । बाजागाजासहित सरोकारवालाको बृहत् र्यालीले बेनीबजार परिक्रममापश्चात् आयोजित समारोहमा प्रमुख अतिथि सांसद थापाले अन्तरराष्ट्रिय मापदण्डअनुसार जिल्लालाई साक्षर घोषणा गरिएको बताउँदै शिक्षा क्षेत्रमा जिल्लामा भएको उपलब्धिले यहाँका हरेक क्षेत्रमा सकारात्मक सन्देश दिने बताए । कार्यक्रममा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुखपूरा पढ्नुहोस्