Main Menu

Wednesday, January 10th, 2018

 

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

पुस २६, काठमाडौँ निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिनेछ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ । मतदाता नामावली प्रकाशन ⇒ माघ ७ उम्मेदवार मनोनयनपत्र दर्ता ⇒  माघ १० स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाकापूरा पढ्नुहोस्


आगो बाली ढोका थुनेर सु्त्दा निसासिएर दुई बालिकाको मृत्यु

congress-leader-aryal-construct-20-houses

पुस २६, इटहरी इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा ७वर्षीया आलिया खातुन र २ वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचारपूरा पढ्नुहोस्


वाम कार्यदलले भोलिबाटै काम शुरु गर्ने

पुस २६, भक्तपुर नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभापूरा पढ्नुहोस्


पुरुष तथा महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

congress-leader-aryal-construct-20-houses

२६ पुस, पोखरा राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ ९-९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामापूरा पढ्नुहोस्


छोरी जन्मिए १ हजार रुपैयाँ प्रोत्साहन भत्ता

पुस २६, बैतडी बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत रु. १ हजार र चारपटक गर्भजाँच गराएमा थप रु. ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु. १ हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । ‘छोरा र छोरी’ भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । “हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ,” उनले भनिन्, “यसबाट छोराछोरीबीचको विभेद अन्त्य हुनेमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” छोरी जन्मिँदापूरा पढ्नुहोस्


किन नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल

पुस २६, जाजरकोट झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।   एचवनएनवनको शंका, परीक्षणको लागि काठमाडौँ पठाइयो भाइरल अन्य ठाउँमा पनि सर्दै ७०० को उपचार भयो, २ हजारभन्दा बढीको उपचार बाँकी   भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै जिल्लाबाट पाएको औषधिले काम नगर्दा मंगलबार सुईबाट दिने औषधि लिएर थप पाँचजना डाक्टरको टोली जुनीचाँदे गाउँपालिकातीर लागेको जिल्लापूरा पढ्नुहोस्


रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

२६ पुस, रोल्पा रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ ।पूरा पढ्नुहोस्


ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

पुस २६, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ । 


शुशील कोइराला क्यान्सर अस्पताल माघदेखि सुरु हुने

congress-leader-aryal-construct-20-houses

२६ पुस, नेपालगञ्ज लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन । अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ । सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतकापूरा पढ्नुहोस्


स्थानीय तहमा मातृभाषाको प्रयोगका लागि भाषा आयोगले सहजीकरण गर्ने

पुस २५, काठमाडौँ स्थानीय तहमा सरकारी कामकाजका रुपमा मातृभाषाको प्रयोगका लागि भाषा आयोगले सहजीकरण गर्ने भएको छ । जननिर्वाचित स्थानीय तहले त्यहाँ बोलिने मातृभाषालाई सरकारी कामकाजका रुपमा ल्याउने निर्णय गर्न थालेको सन्दर्भमा आयोगले त्यसलाई सहजीकरणका लागि कानुनी र प्राविधिक पक्षमा सघाउने भएको हो । भाषा आयोगको ऐन, २०७४ बमोजिम नियमावली तयारीमा लागेको आयोगले मातृभाषाबारे निर्णय गर्ने स्थानीय तहको अधिकार संविधानको अनुसूचीमा रहेकाले अभिलेखीकरण र अन्य पक्षमा समन्वय गर्न आवश्यक तयारी गरेको हो । आयोगमा अध्यक्ष डा. लवदेव अवस्थीले भने, “कतिपय स्थानीय तहले मातृभाषाको प्रयोगबारे निर्णय गरेका छन् । यो संविधानको मर्मअनुसार नै छ । हामी यसलाई प्रवर्द्धन र सहजीकरण गर्छाैं ।”पूरा पढ्नुहोस्