Main Menu

Tuesday, January 16th, 2018

 

२७ रुपैयाँ भाडा तोकिएकोमा १५० सम्म लिन्छन् सार्वजनिक बस

माघ २, काठमाडौँ साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल्ने सवारी साधनमा यात्रा गर्दा सहुलियत नदिएको तीर्थयात्री सम्झना श्रेष्ठले बताइन् । चाबहिलदेखि शालीनदीसम्मको भाडा प्रतिव्यक्ति रु. २७ तोकिएको छ । तर सहचालकले यात्रुबाट रु. ३५ उठाउने गरेका छन् । शालीनदीबाट रत्नपार्कसम्मको भाडा रु. ३५ रहेकामा रु. ४५ भन्दा बढी लिने गरेको यात्रु रमिला कायस्थले बताइन् । यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमापूरा पढ्नुहोस्


भित्री सडकमा चारपाङ्ग्रे प्रवेश रोक आजबाट लागू

माघ २, काठमाडौँ काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन सो निर्णय गरिएको बताउँदै उनले भने, “सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्न आवश्यक छ ।” जबर्जस्ती कसैले निषेधपूरा पढ्नुहोस्


टोखाको चाकु चटारो (फोटो फिचर)

तस्बिर – निलेश शाक्य/ईमूल्याङ्कन स्थान – टोखा


राना समुदायको झीँ झीँ नाच लोप हुँदै

congress-leader-aryal-construct-20-houses

२ माघ, कञ्चनपुर यहाँको राना समुदायकोे झीँ झीँ नाच लोपोन्मुख अवस्थामा पुगेको छ । इतिहासका बारेमा वर्णन गरी परम्परागत शैलीमा देखाइने नाच लोप हुने संघारमा पुग्दा चिन्ता व्यक्त गरिएको छ । राना समुदायको इतिहास र वीरताका घटनालाई गीतमार्फत व्यक्त गरी झीँ झीँ नाच देखाउने गरिन्छ । यसमा परम्परागत गहना र पोशाकमा सजिएका महिला दुई पंक्तिमा ६ जनाका दरले टाउकामा प्वालैप्वाल भएको गाग्री र गाग्रीभित्र बालिएको बत्ती राखी नाच्ने गर्छन् ।“गाग्री टाउकामा राखेर नाच्ने महिलाले गीतको लयसँगै कम्मरमाथिको भाग मोडेर नृत्य पेश गर्छन्” असैनाका मिलन रानाले भने, “ त्यतिबेला गीत सुन्न र नाच हेर्नको मजा नै अर्काे थियो । ” ढोलकको तालमापूरा पढ्नुहोस्


दमक-रवि सडकमा एक सातापछि गाडी गुड्ने

congress-leader-aryal-construct-20-houses

२ माघ, दमक झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ । दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ । यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ । सडक वर्षातका समयमा सधैँ अवरुद्ध हुने गर्थ्यो । हिउँदमा पनि त्यहाँको घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन गुड्दैपूरा पढ्नुहोस्


छोराको जन्मदिनमा विपन्नलाई चर्पी उपहार !

माघ २, भद्रपुर झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ । उनी अहिले चर्पीदाताको रुपमा चिनिन थालेका छन् । विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिन्छन् । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका छन् । हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका १-१ विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका थिए । “मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ”,पूरा पढ्नुहोस्


उदयपुरमा ५ घर आगलागी, १७ लाखको क्षति

fire-samakhusi

माघ २, गाईघाट, उदयपुर उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । विकको घरबाट शुरु भएको आगो अन्य पाँचघरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगलागीबाट ६५ वर्षीय रण बहादुर विकको रु. ३ लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको थियो भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुरपूरा पढ्नुहोस्


भेनेजुयली प्रहरी सरकारबिरोधी आतंककारी पक्राउ गर्न सफल

माघ २, काराकास, भेनेजुयला दक्षिण अमेरिकी देश भेनेजुयलाको प्रहरीले अमेरिकी गुप्तचरद्वारा सञ्चालित भनी विश्वास गरिएका हेलिकोप्टर पाइलट ओस्कार पेरेजका सहयोगी पाँच आतङ्ककारीहरुलाई पक्राउ गर्न सफलता प्राप्त गरेको बिबिसिले जनाएको छ । पाइलट पेरेज भेनेजुयलाको समाजवादबिरोधी अमेरिका समर्थित विपक्षीहरुले गत वर्ष चलाएको सडक आन्दोलनको समयमा भेनेजुयली सर्वोच्च अदालतमा हेलिकोप्टर आक्रमण गर्ने आतङ्ककारी रहेको भेनेजुयली सरकारले बताउँदै आएको छ । बिबिसिले जनाए अनुसार भेनेजुयली प्रहरीले राजधानी काराकासनजिक रहेको शहर एल जुन्क्वीटोमा रहेको एक घरलाई पेरेज नेतृत्वको आतङ्ककारी समूहको अड्डा भएको थाहा पाएपछि त्यसलाई घेरा हालेको थियो । प्रहरीले त्यहाँबाट पाँचजनालाई गिरफ्तार गरिएको छ । उनीहरु पाइलट पेरेजको टोलीमा रहेका आतङ्ककारीहरु नै भएकोपूरा पढ्नुहोस्


कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

माघ २,  काठमाडौँ कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको छ । आयोगको विज्ञ समूहले गत पुस ४ गते आयोगका अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, “कूटनीतिक नियोग तथा विदेशीले गैह्रकानुनी रुपमा बलमिचाइपूर्वक विद्यालयहरु खोलेका छन्, यससम्बन्धी स्पष्ट मापदण्ड तोकी त्यस्ता विद्यालयको सङ्ख्या तोकिनुपर्छ ।” आयोगले कूटनीतिक नियोगको प्रयोजनका लागि खोलिएका विद्यालयमा नेपाली विद्यार्थीलाई प्रवेश निषेध गर्ने तथा विदेशी पाठ्यक्रम पढाउन क्रमशः बन्दपूरा पढ्नुहोस्


निर्मल लामाका छोराले नेकपा(जनविद्रोह) स्थापना गरे

माघ २, काठमाडौँ कम्युनिस्ट नेता बितेका निर्मल लामाका छोराले नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा गरेका छन् । नेता निर्मल लामाको जन्मजयन्तीको अवसर पारेर गठन गरिएको सो पार्टीका महासचिवमा स्वयं लामाका छोरा निमा फिन्जो लामा रहेका छन् । नव गठित सो पार्टीको केन्द्रीय समितिमा महासचिव सहित २१ केन्द्रीय सदस्य रहेको हिजो माघ १ गते आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ । नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव निमा फिन्जो लामाको दावी रहेको छ । पार्टी घोषणा कार्यक्रममा बितेका निर्मल लामाकी श्रीमतीपूरा पढ्नुहोस्