Main Menu

Friday, January 5th, 2018

 

रौतामाईको फ्याटुङ र डिल्लीबर गाउँमा पुग्यो विजुली

पुस २१, गाईघाट, उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको मध्यविकट पहाडी गाउँ फ्याटुङ र डिल्लीबरमा पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली भएको छ । तीन महिनाअघि स्थानीय फलामे खोलाबाट २ किलोवाट विद्युत् उत्पादन भई दुईदिनदेखि सो गाउँमा निरन्तर बिजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको रौता–८ का जितबहादुर मगर बताउँछन् । जिल्लाको प्रायः सबै गाउँघरमा विद्युत्को पहुँच पुगे पनि लामो समयदेखि रौतामाई गाउँपालिका–८ स्थित फ्याटुङ र डिल्लीबरवासी लामो समयदेखि कुपी बालेर रात कटाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी कुमारी मगरले बताइन् । अहिले गाउँको खोलाबाट विजुली उत्पादन भएपछि रात पनि दिन जस्तै भएको उनको भनाइ छपूरा पढ्नुहोस्


जिल्ला अस्पतालमै छैन निःशुल्क औषधि

पुस २१, बेसीशहर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् । सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यो वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए । “अघिल्ला वर्ष झैँ यो वर्ष पनि बजेट आउँछ भन्ने आशमा बस्यौँ”, देवकोटाले भने, “पुस लागिसक्यो बजेट आएन । औषधि पनि सकियो ।” अस्पतालमा अत्यधिक प्रयोग हुने निःशुल्क प्रकारका औषधि सकिएको रपूरा पढ्नुहोस्


जबज क्रान्तिको च्याप्टर पूरा भएकै हो : भुसाल

पुस २१, काठमाडौं एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद (जबज) क्रान्ति बाँकी रहेको पुष्टि गर्नेलाई पुरष्कार दिने घोषणा गरेका छन् । एमाले र माओवादीबीच एकता सन्दर्भमा सैद्धान्तिक बहस कम भएको चर्चा भइरहेका वेला भुसालले आफ्नो बुझाइ गलत साबित गर्नेलाई पुरस्कार दिने घोषणा गर्दै खुला बहसमा आउन चुनौती दिएका हुन् । युवा, विद्यार्थी, अगुवा कार्यकर्ताका लागि बिहीबार आयोजित अन्तक्र्रियामा उनले सिद्धान्तमा अडिने नाममा दुई पार्टीबीचको एकता भाँडिए भावी पुस्ताका लागि समेत दुर्भाग्य हुने बताए । “मैले अर्धऔपनिवेशिक, अर्धसामन्ती मुलुकमा हुने जनताको बहुदलीय जनवादी क्रान्तिको च्याप्टर ‘क्लोज’ भयो ” भनेको हुँ । “जबजकै च्याप्टर क्लोज भयो भनेको होइन । फेरि त्यही दोहोर्‍याउँछु”, पछिल्लोपूरा पढ्नुहोस्


मुलुकमै पहिलोपटक खाना पकाउने ग्यास उत्पादन

पुस २१, भैरहवा स्वदेशी कच्चा पदार्थमा निर्भर हुने गरी मुलुकमै पहिलो पटक व्यवसायिक रुपमा खाना पकाउने ग्यासको उत्पादन सुरु भएको छ । कुहेर जाने फोहोर सामग्रीको समेत उपयोग हुने गरी भैरहवा नजिकै नवलपरासीको सुक्रौलीमा इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजरले बायोग्यासको उत्पादन सुरु गरेको हो । उक्त उद्योगले स्वदेशमै कच्चा पदार्थको उत्पादन तथा संकलन गरी दैनिक २ टन ग्यास उत्पादन गर्छ । उद्योगका प्रबन्ध निर्देशक सन्दीपकुमार अग्रवालले भने, ‘स्वदेशी कच्चा पदार्थमा आधारित व्यवसायिक रुपमा बायोग्यास उत्पादन गर्ने यो उद्योग मुलुककै पहिलो हो ।’ स्थानीय क्षेत्रमै पाइने जनावरको गोबर, कुखुराको सुली, घाँस, भान्साबाट निस्किने कुहिने वस्तु र बनस्पतिको प्रयोग गरी ग्यास उत्पादन थालिएकोपूरा पढ्नुहोस्


राष्ट्रिय सभा चुनाव – कुन प्रदेशमा कति मतदाता ?

पुस २१,  काठमाडौँ राष्ट्रिय सभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश २ मा छन् भने सबभन्दा कम मतदाता प्रदेश ६ मा । यी दुई प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रिय सभा सदस्य भने समान संख्यामा चुनिनेछन् । मधेसी दलले प्रदेशको जनसंख्या अनुपातमा राष्ट्रिय सभा सदस्य चुनिनुपर्ने माग राख्दै आए पनि त्यसअनुसार संविधान संशोधन हुन नसकेपछि सबै प्रदेशबाट समान संख्यामा सदस्य निर्वाचित हुने भएका छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीनपूरा पढ्नुहोस्