Main Menu

Friday, January 19th, 2018

 

नारायणगढ–मुग्लिन सडक अब दिउँसो बन्द हुने

माघ ५, चितवन रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिनेछ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेरपूरा पढ्नुहोस्


पार्टी एकता संयोजन समितिको बैठक माघ ७ गते बस्दै

माघ ५, काठमाडौँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ । ओली निवास भक्तपुर बालकोटमा भएको उक्त छलफलमा कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अध्यक्षद्वयबीच प्रदेश सरकार गठन र पार्टी एकता विषयमा छलफल भएको र यसलाई अन्तिम रुप दिनका लागि माघ ६ गते पुनः थप गृहकार्य गर्ने गरी छलफल गर्ने सहमति भएको छ । दुबै दलका अध्यक्षबीच आजको छलफलपछि यही माघपूरा पढ्नुहोस्


राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

माघ ५, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखपूरा पढ्नुहोस्


आर्थिक वृद्धिदरको लक्ष्य प्राप्ती स्थानीय तहमा निर्भर

congress-leader-aryal-construct-20-houses

५ माघ, रत्ननगर, चितवन राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पुर्याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताएका छन् । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा बोल्दै श्रेष्ठले यसका लागि रु २४ खर्ब बजेटको आवश्यकता रहेको बताए । आवश्यक बजेटमध्ये ३९ प्रतिशत सरकारी क्षेत्रबाट परिचालन हुने भए पनि बाँँकी निजी क्षेत्र आएमात्रै लक्ष्य प्राप्त हुने उनको भनाइ छ । तीनवर्षे कार्यक्रमअन्तर्गत नेपालमा १४ परियोजना सञ्चालनमा रहेका उनले बताए ।पूरा पढ्नुहोस्


उत्तर कोरियाली संगीतसम्बन्धी ब्याण्डका महिला टोलीलाई दक्षिणको भ्रमण खुल्ला

५ माघ, सोल ४ वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका अधिकारीहरु हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ । उत्तर कोरियाली एकजना संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जन भन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा रहेका छन् । उनीहरुले उक्त खेलकूदकोपूरा पढ्नुहोस्


पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड को आवेदन खुल्ला

माघ ५, काठमाडौँ दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन आह्वान गरिएको छ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।  ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्ष भन्दा कम उमेर हुने १०+२ मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न सक्नेछन् । विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले वि.सं. २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको पहिलोपूरा पढ्नुहोस्


छोरी जन्माउने ४८ आमालाई प्रोत्साहन भत्ता

congress-leader-aryal-construct-20-houses

५ माघ,बैतडी बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा १ हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु १ हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । उनले भने “आव २०७४-७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ ।” गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यलेपूरा पढ्नुहोस्


म्याग्दीका किसान प्रविधिमैत्री बन्दै

माघ ४, बेनी, म्याग्दी सीमित जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसान खेत जोत्न ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्ता प्रविधि किसानका लागि बरदान सावित भएको छ । युवा विदेशिएको अवस्थामा हलगोरुले खेत जोत्ने परम्परा अचेल विस्तारै कम हुँदै गएको छ । यसको मुख्य कारण वैदेशिक रोजगारले युवा जनशक्तिको अभाव हुनु नै हो । यसको सट्टा समय र श्रमको बचत हुने भएकाले ट्र्याक्टरको प्रयोगतर्फ किसानको आकर्षण बढ्दो छ । हाते ट्र्याक्टर होस् या चार पाङ्ग्रे ठूलो ट्र्याक्टर, अधिकांश किसानको खेतबारीमा गुड्न थालेका छन् । हलगोरुले भन्दा सयौँ गुणा छिटो खेत जोत्न सकिने रपूरा पढ्नुहोस्


२०३० सम्म सम्पूर्ण जनतामा स्वच्छ ऊर्जा पुर्याइने

५ माघ,काठमाडौँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले ऊर्जा र आर्थिक समृद्धि एकापसमा सम्बन्धित रहेकाले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (युएनसिडिएफ) र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको आयोजनामा आज यहाँ भएको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष वाग्लेले सो विचार व्यक्त गरेका हुन् । उनले विगत ३० वर्षमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता क्षेत्रमा धेरै प्रगति गरेको भए पनि राजनीतिक अस्थिरता र द्वन्द्वले विकास प्रक्रियामा केही अवरोध आए पनि अब मुलुक संरचनात्मक रुपान्तरणमा प्रवेश गरेका अपेक्षित लक्ष्यहरुपूरा पढ्नुहोस्


सीमा सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

माघ ५, काठमाडौँ विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ । विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो । पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिन सरकारलाई दृढ रहन पनि आग्रह गरेको छ । सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनिपूरा पढ्नुहोस्