Main Menu

Monday, January 29th, 2018

 

जनताका सामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ – अध्यक्ष प्रचण्ड

माघ १५, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए । राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने, “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ ।” देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाईपूरा पढ्नुहोस्


आहा-रारा गोल्डकप – थ्रीस्टार सेमिफाइनलमा

माघ १५, पोखरा पोखरामा जारी १६ औंँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे भने एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे । एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमापूरा पढ्नुहोस्


मूल्याङ्कन अनलाईनका सम्पादक महर्जनलाई ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

माघ १५, काठमाडौं प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवसको अवसरमा मूल्याङ्कन अनलाइनका सम्पादक तुल्सीदास महर्जनलाई राजधानीमा आज आयोजित एक कार्यक्रममा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरिएको छ । वरिष्ठ पत्रकारहरु बितेका शक्ति लम्साल र तारा न्यौपानेको सम्झनामा प्रेस सेन्टर नेपालले यसै वर्ष स्थापना गरेको सो पहिलो पुरस्कार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट प्रदान गरिएको हो । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा युद्धभूमिमा रही पत्रकारिता गरेका देशभरका महिला पत्रकारहरुलाई पनि सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रेस सेन्टर नेपालसँग सम्बन्धित देशभरका प्रतिनिधि पत्रकारहरु सहभागी उक्त कार्यक्रममा प्रेस काउन्सिल तथा प्रेसपूरा पढ्नुहोस्


भोलि सहिद दिवस, सहिदको यकिन तथ्यांक कतै छैन

माघ १५, काठमाडौँ मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । तर, हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो । वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्डपूरा पढ्नुहोस्


आचारसंहिता पालना नगर्नेमाथि ‘कडा कारबाही’ गरिने

माघ १५, विराटनगर माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको बैठकले आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाही गरिनेलगायत निर्णय गरेको छ । सो बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’ लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर्णय गरिएको छ । यदि फेर्नुपर्ने भएमा सो दललाई भोलि मंगलबारसम्म आधिकारिक रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । यसका साथै, एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीको सम्बन्धमा मतदातालाई एकत्रित गरी पुनः प्रशिक्षण दिने निर्णय गरिएको छ । एकल संक्रमणीय प्रणाली रपूरा पढ्नुहोस्


नख्खु कारागारमा मनोसामाजिक अस्पताल स्थापना अन्तिम चरणमा

माघ १५, ललितपुर नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् । “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ,” उनले भने, “त्यहाँका कारागार र कैदी/बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।” धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनले बताए । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेकोपूरा पढ्नुहोस्