Main Menu

नख्खु कारागारमा मनोसामाजिक अस्पताल स्थापना अन्तिम चरणमा

माघ १५, ललितपुर

psycho-social-hospital-nakhkhu-jail

नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।

यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् ।

“मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ,” उनले भने, “त्यहाँका कारागार र कैदी/बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।”

धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनले बताए ।

पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ ।

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पुर्याउनुपर्छ । 

“हामी दैनिक ३-४ पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ,” उनले भने ।

मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउँछन् ।

(Visited 119 times, 1 visits today)

टिप्पणी

comments