Main Menu

Sunday, January 7th, 2018

 

सन् २०१७ का महत्वपूर्ण विज्ञान खोज-अनुसन्धानहरु – १

गत हप्ताको सुरुमा हामीले २०१७ लाई बिदा गर्यौं । नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै गर्दा गत वर्षलाई एकचोटी फर्केर हेरौँ । गत वर्ष विज्ञानको क्षेत्रमा संसारमा थुप्रै महत्वपूर्ण खोज–अनुसन्धानहरु भए । यस लेखमा तीमध्ये केही अति महत्वपूर्ण खोज–अनुसन्धानहरुको बारेमा केही चर्चा गर्न चाहन्छु । १. अघि बढ्दै गुरुत्व तरङ्ग १४ सेप्टेम्बर २०१५ मा वैज्ञानिकहरुले पहिलोपटक गुरुत्व तरङ्ग पत्ता लगाए । अमेरिकामा अवस्थित लेजर इन्टरफेरोमिटर ग्राभिटेस्नल–वेभ अब्जर्भेटोरी (लाइगो) र इटालीमा अवस्थित भर्गो इन्टरफेरोमिटरको संयुक्त प्रयासमा गुरुत्व तरङ्ग पत्ता लागेको त्यहाँका वैज्ञानिकहरुले सन् २०१६, फेब्रुअरी ११ मा घोषणा गरेका थिए । के हो गुरुत्व तरङ्ग ? अरबौँ प्रकाशवर्ष टाढाका दुईवटा ब्ल्याकपूरा पढ्नुहोस्


काष्ठमण्डप पुनःनिर्माण कछुवाको गतिमा

पुस २३, काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको ९ महिनासम्म पनि काम हुन सकेको छैन । काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माण गर्न दिने सम्झौता भएको थियो । सम्झौता लगत्तै स्थानीय तह निर्वाचन भई महानगरपालिकामा पदाधिकारी निर्वाचित भएपछि आफैँ बनाउने भन्दै काम गर्न नदिएको अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । “असार ६ गते महानगरपालिकाले पुनःनिर्माणका लागि शुरु गरिएको काष्ठमण्डप क्षेत्रमा ताला लगाई साँचो लिएर हिँड्यो । त्यसपछि महानगरपालिकाले आफूले पनि बनाएन, हामीलाई पनि बनाउन दिएन,”पूरा पढ्नुहोस्


चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

पुस २३, रत्ननगर, चितवन एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।  भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ । गौतमका अनुसार कम्तीमा २ हजार ५०० मिटर दूरी (तेर्सो) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडानपूरा पढ्नुहोस्


क्षयरोग केन्द्रको लाखौँको माटो अवैधरुपमा बिक्री

illegal-clay-16-tipper-released

पुस २३, भक्तपुर राष्ट्रिय क्षयरोग केन्द्र थिमिले निर्माण गर्न लागेको अस्पतालको नयाँ भवनबाट झिकिएको लाखौँ मूल्य बराबरको माटो अवैधरुपमा बिक्री भएको पाइएको छ । क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँ रुपैयाँ बराबरको माटो अवैधरुपमा बिक्री भएको मध्यपुरथिमि नगरपालिका र स्थानीय बासिन्दाले बताएका छन् । भवन निर्माणका लागि जमिन सम्याउने नाममा सिंगो बस्ती नै जोखिममा पारेर केन्द्रको तालीम हलको पछाडि रहेको करिब १०० फिटभन्दा अग्लो ढिस्को भत्काएर निस्किएको माटो गायव भएको नगरपालिका प्रशासन शाखाले जनाएको छ । जनप्रतिनिधि आउनुअघि नै केन्द्र र ठेकेदारको मिलेमतोमा जमिन सम्याउने नाममा निस्किएको करिब १ हजार ट्रक माटो अवैधरूपले बिक्री भएको नगरपालिकाको भनाइ छ । उक्तपूरा पढ्नुहोस्


जनादेशलाई दराजमा थन्काउन पाइँदैन – नेम्वाङ

पुस २३, काठमाडौँ नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तर्क्रियामा उनले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गरे । “अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पुर्याउने काम गर्नुपर्छ”, उनले भने, “लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।” पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाए । उनले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताएपूरा पढ्नुहोस्


४२ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

congress-leader-aryal-construct-20-houses

पुस २३, इटहरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गरेका छन् । प्रतियोगितामा नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको सहभागिता छ । झण्डै ५० जना ओलम्पियनसहित प्रशिक्षक र निर्णायकसमेतको सहभागितामा तीनदिने प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव विष्टले सरकारले नेपाली खेलको विकासमा विशेष चासोसहित बजेट विनियोजनमा सक्रियता देखाउँदै आएको बताउँदै देशमा नै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलपूरा पढ्नुहोस्


सिड्नीमा ७९ वर्षपछि सबैभन्दा गर्मी, तापक्रम ४७.३ डिग्री पुग्यो

पुस २३, सिड्नी अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ७९ वर्षपछि सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । त्यहाँको तापक्रम आज दिउँसो ४७.३ डिग्री पुगेको अधिकारीहरुले जनाएका छन् । सन् १९३९ मा सिड्नीको तापक्रम ४७.८ डिग्री पुगेयता यो सबैभन्दा बढी तापक्रम हो । सिड्नीको उत्तरतिर अवस्थित पेन्रिथमा आज दिउँसो सो तापक्रम मापन गरिएको ब्युरो अफ मिटियोरोलोजी, न्यू साउथ वेल्सले जनाएको हो । #SydneyHeat UPDATE: #Penrith has now reached 47.3 degrees at 3:25pm according to the preliminary live data from the weather station there. — Bureau of Meteorology, New South Wales (@BOM_NSW) January 7, 2018 सिड्नीमा जारी एशेज टेस्टको फाइनल खेलमा इंग्ल्याण्डलेपूरा पढ्नुहोस्


काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्यो

पुस २३, काठमाडौँ काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।पूरा पढ्नुहोस्


लिम्बू भाषालाई कामकाजी भाषा बनाउन अभियान

पुस २३, पाँचथर ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दबाब दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं १ को नामकरण सैद्धान्तिक तथा वस्तुगत’को आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश ‘क’का नवनिर्वाचित सभासद् सीता थेबेले प्रदेश १ मा लिम्बू भाषालाई सांस्कृतिक, भाषिक रुपले कामकाजी बनाउन प्रदेशसभामा आफूले सक्दो प्रयास गर्ने बताए । प्रदेश नं १ नेपाली र मैथिलीपछि तेस्रो भाषाकापूरा पढ्नुहोस्


चिसोका कारण सिरहामा ३ र सप्तरीमा २ को मृत्यु

congress-leader-aryal-construct-20-houses

पुस २३, लहान अत्यधिक चिसोका कारण शनिबार सिरहामा २ जना र सप्तरीमा ३ जनाको मृत्यु भएको छ ।  पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो भएको स्थानीय रामभरोसी यादवले बताए । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको थियो । यस्तै, शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको पनि मृत्यु भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।पूरा पढ्नुहोस्