Main Menu

Monday, January 8th, 2018

 

भेनेजुयलाको समाजवादी सरकार गिराउने अमेरिकी प्रयास

(वर्ग सङ्घर्ष देशीय मात्र होइन यो भूमण्डलीय हुन्छ भन्ने कुराको पुष्टि अमेरिकाले अहिले भेनेजुयला देशमाथि गरेको व्यवहारले गरेको छ । दक्षिण अमेरिकी देश भेनेजुयलामा अहिले समाजवादीहरुको सरकार छ । त्यहाँको सरकारले पूर्व राष्ट्रपति बितेका ह्यगो चाभेजको पालादेखि नै मुलुक भित्रका श्रमिक जनता तथा आदिवासी–जनजातिहरुको हक, अधिकार र समृद्धिका लागि बिभिन्न राजनीतिक तथा आर्थिक कार्यक्रमहरु लागु गर्दै आएको छ । समाजवादी सरकारले राज्यको ढुकुटी र देशका प्राकृतिक स्रोत–साधनहरुलाई त्यहाँका पुँजीजिबी वर्गलाई एकलौटी ढङ्गले दुरुपयोग तथा दोहन गर्न रोकेको छ । सरकारका समाजवादी कार्यक्रमहरुले मुठ्ठीभर पुँजीजिबी वर्गकोभन्दा बहुसङ्ख्यक मेहनतकश श्रमजीबी एवं आदिवासी–जनजातिहरुको हितको पक्षपोषण गरेका छन् । भेनेजुयाली सरकारले मुलतः देशको प्राकृतिकपूरा पढ्नुहोस्


प्रदेश ३ को सम्भावित राजधानी – काभ्रे

पुस २४, बनेपा प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ । सरकारले अस्थायी राजधानी नतोकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो । यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको छ । नागरिक समाज र राजनीतिक दलहरुले केही दिन अघि बनेपामा प्रदर्शन गर्दै प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन माग गरेका थिए । काभ्रेपलाञ्चोकबाट निर्वाचित प्रादेशिक सांसद रत्न ढकाल संघीयताको मूल मर्म विकेन्द्रीकरण भएको र भौतिक पूर्वाधारको व्यवस्थापन गर्न पनि सहज हुने भएकाले काभ्रेपलाञ्चोकलाई राजधानी बनाउन सकिने पर्याप्त आधार भएको बताउँछन्पूरा पढ्नुहोस्


रासायनिक मलले उर्बर माटो बिग्रँदै, विकल्प खोज्दै किसान

पुस २४, धनगढी असन्तुलित रुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावी रुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट प्रयोग गर्न थालेको कैलाली गदरियाका किसान रामसमझ चौधरीले बताए । “डिएपी र युरियाजस्ता रासायनिक मलको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट प्रयोग गर्दा माटोको उर्वराशक्ति बढाएको छ,” एसएसपी मल र सिंगल सुपर फस्फेट मलपूरा पढ्नुहोस्


मनाङमा माइनस १६ डिग्री, जनजीवन कष्टकर

पुस २४, मनाङ देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरीपूरा पढ्नुहोस्


पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्दै

पुस २३, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ । साँझ सवा ६ बजे ओली निवास पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेबारे छलफल भएको बताए । उनले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनैपर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उनले त्यसका लागि सोमबार आ-आफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकतापूरा पढ्नुहोस्