Main Menu

Monday, January 15th, 2018

 

दुनैसम्म राष्ट्रिय सडक जोड्न ३ किलोमिटर मात्र बाँकी

माघ १, दुनै, डोल्पा दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन ३ किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पुर्याएको हो । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७.७ किमी सडकखण्डमध्ये ११४.७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ । डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको ३ किमी मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । “अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ । उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौतीपूरा पढ्नुहोस्


बन्द भएको २६ वर्षपछि सञ्चालनमा आउँदै बलेवा विमानस्थल

माघ १, बागलुङ बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो । प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच आइतबार भएको छलफलमा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको हो । सहमतिअनुसार पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक १-१ उडान भर्नेछन् । यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवर्द्धनमा बागलुङ नगरपालिकाले सघाउने सहमतिमा उल्लेख छ । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिनेपूरा पढ्नुहोस्


विद्युत चोरी गर्ने क्रममा करेन्ट लागेर मृत्यु

congress-leader-aryal-construct-20-houses

माघ १, लहान करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ । विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।


पृथ्वीनारायण राष्ट्रनिर्माता होइनन्

नेपालमा राज्य, राष्ट्र र देश भनेको एउटै हो भनेजसरी पञ्चायती व्यवस्थाले प्रशिक्षण गरेकाले पनि धेरै ठूलो भ्रमले दिमागहरूमा रजगज गरिरहेकै छ । राज्य (स्टेट) भनेको निश्चित वर्गका मानिसले अरु मानिसलाई आफ्नो उद्देश्यअनुरूप चल्न बाध्य पार्न गठन गरिएको अस्त्र/शस्त्रयुक्त संगठनको समग्र रूप हो । राष्ट्र वा राष्ट्र उन्मुखता (नेसन अर नेसनालिटिज) चाहिँ खास मानव समूहको लामो ऐतिहासिक यात्रामा निर्मित साझा भौगोलिक, आर्थिक, सांस्कृतिक, भाषिक र मनोवैज्ञानिक अपनत्वसहितको गौरवभाव हो । अर्थात्, मौलिक सभ्यता हो । देशचाहिँ जनता र राज्य भएको निश्चित भूगोल हो । त्यसैले देश बनाउन खास भूगोलमा दमनकारी राज्यबाट जनतालाई काबुमा राखे पुग्छ । तर, राष्ट्र बनाउन लामो ऐतिहासिकपूरा पढ्नुहोस्


एमाले-माओवादी एकतापछि नेपालको कम्युनिष्ट आन्दोलनको सम्भावना

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिलेको नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु हुन् । यिनीहरुबिच एकताको तयारी चलिरहँदा यो एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा के प्रभाव पर्ला भन्ने प्रश्न उठ्नु स्वभाविक हो । यसको एउटै र फ्याट्ट दिने उत्तर छैन । पहिलो त यो एकताले नेपालमा कम्युनिष्ट विचारको प्रतिनिधित्व गरिरहेका दलहरु, जो पछिल्लो समय संसदीय उदारवादी राजनीतिक प्रणालीमा केही सुधारात्मक हस्तक्षेप गर्दै सामेल भएका थिए, अब भिन्नाभिन्नै चुला बाल्न छाडेर एउटै भान्छामा सामेल भएका छन् । शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट, दलीय प्रतिस्पर्धाका माध्यमबाट संसदमा बहुमत ल्याउने र सरकार चलाएर सुधारात्मक कार्यहरु मार्फत समाजवादको आधार बनाउने भन्ने एउटै सिद्धान्त र विचार बोकेका दलहरुपूरा पढ्नुहोस्