Main Menu

Wednesday, January 17th, 2018

 

म्यानमारमा बौद्धमार्गीहरुको र्यालीमा गोली प्रहार, ७ को मृत्यु

माघ ३, याङ्गुन म्यानमारको रखाइन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी ७ व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ । एकजना प्रहरी अधिकारीका अनुसार उक्त र्यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो । साथै, झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ । रोहिन्ज्या मुसलमान समूदायको बलियो प्रभाव रहेको भनिएकोपूरा पढ्नुहोस्


आन्दोलनरत नर्ससँग वार्ता गर्न समिति गठन

माघ ३, काठमाडौँ स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिका संयोजक डा. श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिए । “आज वार्ताका लागि बस्न ढिला भयो, सबै विषयमा छलफल गर्न पाइएन,” उनले भने, “यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जतिसक्दो छिटो टुङ्गोमा पुर्याउने प्रयास गरिरहेका छौँ ।” वार्ता भोलि पनि जारी रहने छ । संघका कावा अध्यक्ष गंगा थापालेपूरा पढ्नुहोस्


कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

माघ ३, काठमाडौँ कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु. ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए । बैंकले आव २०७३/७४ मा रु. १ खर्ब ९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु. ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रहेको छ ।पूरा पढ्नुहोस्


समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

माघ ३, काठमाडौँ निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो । प्रदेशसभा सदस्य निर्वाचनमा ७ वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । दलहरुले प्राप्त गरेको मतलाईपूरा पढ्नुहोस्


देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

माघ ३, काठमाडौँ देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टर्नलद्वारा आज यहाँ आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तर्क्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिए । बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा वित्तीय तथा गैर वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा संस्थाको महत्व रहेको भए पनि सर्वसाधारणमा पहुँच विस्तार गर्न नसकिएकाले ‘एक घर एक बीमा’ नीति ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । बैंकर्स एशोसिएशनका अध्यक्ष भरतराज ढकालले मुलुकको ग्रामीण क्षेत्रमा विप्रेषण र ग्रामीण सडकका कारण उत्पादनकोपूरा पढ्नुहोस्


मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

माघ ३, भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । केन्द्रले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । त्यसैगरी मध्यपुरथिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो पटक सेवा शुरुपूरा पढ्नुहोस्


अध्यक्ष ओली बैंककबाट फर्केपछि एकता हुन्छ – ज्ञवाली

माघ ३, काठमाडौँ नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र)सँगको एकतालाई मूर्त रुप दिने बताएका छन् ।  अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उनले पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर गरे । उनले वाम एकता बिथोल्नका लागि केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने बताए । कार्यक्रममा सचिव ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताए । जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताउँदै उनले भने, “अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्त । तर हाम्रो देशमा सरकारको दल पराजित भइसकेपूरा पढ्नुहोस्


राजधानीको माग गर्दै अनिश्चितकालीन दाङ बन्द

माघ ३, तुलसीपुर, दाङ प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् । त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउनपूरा पढ्नुहोस्


भक्तपुरमा एक व्यवसायीको हत्या, तीन पक्राउ

माघ ३, भक्तपुर भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उनले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जपूरा पढ्नुहोस्


जुम्लामा ३ सय शय्याको अस्पताल

माघ ३, जुम्ला ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । पश्चिम नेपालकै ठूलो आयोजनामा सो अस्पताल जुम्लामा निर्माण भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पतालको भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताए । केही उपकरण जडान र सरसफाइका कार्य अहिले जारी रहेकाले १५ माघबाट कम्पनीले अस्पताल हस्तान्तरण गर्ने भएको छ भने सोही मितिमा अस्पतालको उद्घाटन गरी सेवा विस्तार गर्ने कार्ययोजना रहेको उनले बताए । अत्याधुनिक सुविधा सम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान हरसम्भव जुटिरहेको पनि रजिष्टार काफ्लेले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम नेपालको चिकित्सा क्षेत्रमापूरा पढ्नुहोस्