Main Menu

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

माघ ३, काठमाडौँ

agriculture-bank-provide-20-percent-bonus-shareकृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु. ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।

बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए ।

बैंकले आव २०७३/७४ मा रु. १ खर्ब ९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु. ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बैंकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए । 

(Visited 464 times, 1 visits today)

टिप्पणी

comments