Main Menu

Wednesday, January 31st, 2018

 

बूढीगण्डकीको मुआब्जा वितरण ‘तत्काल अघि बढाइने’

माघ १७, काठमाडौँ उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका छन् । बूढीगण्डकी सरोकार समितिले आज ऊर्जा मन्त्रालयमा आयोजना गरेको गोरखा र धादिङका सांसदसहितको बृहद छलफलमा ऊर्जामन्त्री थापाले मुआब्जा वितरणमा देखिएको विवाद तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकार आफैँले बनाउन लागेको आयोजना भएकाले समस्या समाधान गर्न पहल गरिने बताए । गोरखाका सांसद एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना सरकारले बनाउने निर्णय गरेर राम्रो काम गरे पनि लामो समयदेखि मुआब्जा दिने नाममा स्थानीयलाई समस्यामा पारेको भन्दै तत्काल उक्त माग सम्बोधन गर्न आग्रह गरे । गोरखाका प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले आयोजनाको मुआब्जापूरा पढ्नुहोस्


वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कार

bagmati-cleanliness-campaign-thapathali

माघ १७, काठमाडौँ वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कारले सम्मान गरिएको छ । अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा गत आइतबार नियमित सफाइ अभियान चलाएर देशव्यापी जागरण ल्याएको भन्दै महाअभियानलाई पुरस्कार दिइएको हो । महाअभियानका तर्फबाट सफाइ अभियन्ता डा. राजु अधिकारीले भगीरथ पदक ग्रहण गरे । पुरस्कार भारतका गंगा सफाइ तथा परिवहन मन्त्री नीतिन गडकरीले हस्तान्तरण गरे । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गरे । २०७० सालजेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार शुरु गरिएको सफाइ महाअभियान माघ २० गते शनिबार २४७ हप्ता प्रवेश गर्दैछ । महाअभियान शुरु भएपछि देशभरका नदी सफाइ गर्ने लहरपूरा पढ्नुहोस्


धनकुटालाई प्रदेश मुकाम तोक्न नपाएकोमा दुःखी छु – प्रम देउवा

माघ १७, काठमाडौँ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफूलाई दुःख लागेको बताएका छन् । आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उनले राजनीतिक सहमति कायम गर्न विराटनगरलाई प्रदेश मुकाम तोक्नुपरेको बताए ।  धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गरे । पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लागिपर्नुपर्ने बताउँदै उनले भने, “राजीनामा दिएर होइन, अब सबैपूरा पढ्नुहोस्


प्रदेश सभाको लागि तातियो देश, सबै प्रदेशसभा बैठकका आ–आफ्नै रौनक

माघ १७, काठमाडौँ नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो । निर्वाचनपछि सरकारले छोटो समयवधिमा तोकेका कार्यस्थलमा प्रदेशसभाका बैठकको तयारी पनि हतारहतार गरिँदै छ । सरकारले संविधानअनुसार यही माघ ३ गते सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी कार्यस्थल तोकेको थियो । निर्वाचन आयोगले पनि प्रदेशसभाको अन्तिम मतपरिणाम यही माघ ३ गते नै सार्वजनिक गरेको थियो । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । सोही प्रावधानअनुसार सातै प्रदेशसभाका पहिलो बैठक बस्दैछन्पूरा पढ्नुहोस्


वन व्यवस्थापनमा नेपालमै पहिलोपटक सूचना प्रविधिको प्रयोग

१७ माघ, नवलपरासी नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए । डाटा म्यानेजमेन्ट – ट्रयाकिङ नामाकरण गरिएको सो प्रविधिमार्फत जिल्लामा वन व्यवस्थापनको काम शुरु गरिएको र यसका लागि कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरेर २४ वटा मोबाइल सेटमा सो प्रविधि डाउनलोड गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था मिलाइएको वन अधिकृत सुवेदीले बताए । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमबाट गरेका काम तत्कालै सो एप्समा अपलोड गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखाले भएका गतिविधि तत्काल थाहा हुनेपूरा पढ्नुहोस्


आगामी युग दक्षिण एशियाली युग: उपराष्ट्रपति पुन

१७ माघ, काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छ, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।” नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए । यस क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उनले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनपूरा पढ्नुहोस्


चारकोशे झाडीभित्र कखरा सिक्दै कलिला नानीहरु

१७ माघ, वीरगञ्ज कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव  र पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् । जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्यालय टाढाबाट हेर्दा गाईगोठजस्तो देखिन्छ । खरले छाएको छाप्रो, बाँसले बनेको सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीमध्ये सात वर्षीय राहुल पाशवान भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएर कक्षा २ मा पढ्दै आएका छन् । कक्षा १ देखि ४ सम्म अध्ययन अध्यापन हुने सो विद्यालयका सबै विद्यार्थी एउटै कक्षा कोठामा पढ्ने गर्दछन् । दलित तथा सुकुम्बासी परिवारका उनीहरु कखरा सिक्दै आफ्नो उज्ज्वलपूरा पढ्नुहोस्


प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

१७ माघ, महेन्द्रनगर, धनुषा जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।पूरा पढ्नुहोस्


अवैध धन नियन्त्रण गर्नुपर्छ – अर्थविद

माघ १७, काठमाडौँ अर्थविदहरूले अवैध धनलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘देश विकासका कुराहरूलाई ध्यानमा राखेर अन्डरग्राउन्ड मनीलाई सर्फेसमा आउन दिने, त्यसलाई लिगलाइज हुन दिने, शुद्धीकरण हुने बाटो दिने र सरकारले त्यसबापत कर लिने’ अभिव्यक्ति दिएको भोलिपल्ट अर्थविद्हरूले नियन्त्रण गर्नुपर्ने बताएका हुन् । योजना आयोगका पूर्वउपाध्यक्षद्य शंकर शर्मा, दीपेन्द्रबहादुर क्षेत्री र पूर्वेसदस्य डिल्लीराज खनालले रिपोर्टर्स क्लब नेपालमा मंगलबार यस्तो धारणा राखेका हुन् । ‘इल्लिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरूले छुट पाउँछन्, ब्युरोक्रेटहरूले छुट पाउँछन्, गुन्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि लिगल बनाउने क्रम सुरु हुन्छ । त्यसैले यस्तो काम कहिल्यै पनिपूरा पढ्नुहोस्


वीरगन्जको विवाद

वीरगन्ज महानगरपालिका-१ स्थित छपकैया क्षेत्रमा नेपाल-भारत सीमा फिल्ड सर्भे टोलीले नयाँ सीमा-खम्बा निर्माण गर्दै रहेको अवस्थामा पुस २२ गते नेपालको जमिन भारततर्फ पारियो भनी हल्लाखल्ला मच्चियो । स्थानीय वासिन्दाका अनुसार नेपाली भूमिमा ल्याएर ३९२/४ नं. को सीमा-खम्बा निर्माण गरियो । अर्को ३९२/५ नं. को स्तम्भ बनाउन खाल्डो खनिनसक्दै त्यस जमिनको धनी बद्री साह कानुले सीमा सर्भे टोलीसमक्ष प्रतिवाद गरे, ‘यो जमिन नेपाल सरकारले मलाई दिएको जग्गाधनी लालपुर्जाको कित्ता नं. ४५ भित्रको जग्गा हो । मैले थाहा पाए अनुसार हजुरबाका पालादेखि नै यो जमिन हाम्रो हो । मैले यसको सरकारी राजस्व मालपोत प्रत्येक वर्ष सरकारलाई तिरी भोगी खाई अविछिन्न चर्ची आएकोपूरा पढ्नुहोस्