Main Menu

Sunday, January 14th, 2018

 

टेलिकमले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने

पुस ३०, काठमाडौँ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट रु. ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न दशौँ वार्षिक साधारणसभाले रु. ५५ प्रति शेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको थियो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएकोपूरा पढ्नुहोस्


फलामे पर्खाल र एक ढिका

वर्षौं वर्षदेखि उभिएको फलामे पर्खाल विद्यमान थियो जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो मान्छेका सपना र मुटुहरू लुछ्थ्यो मान्छेका रहर र आकाङ्क्षाहरू खोस्थ्यो मान्छेलाई दबाउन अनेकौँ प्रपञ्च रच्थ्यो यति सम्मकी हावाको बेगलाई उल्टो दिशामा हिडाउँछु भन्थ्यो फलामे पर्खाल मान्छे चुपरहे पनि मान्छेको मन चुप थिएन मान्छेले हात बाँधेर धैर्य देखाए पनि मान्छेको भित्री चेतना उत्कर्षमा थियो फलतः मनहरूको जुलुसले फलामे किल्ला ध्वस्त पारेरै छोड्यो मान्छेको बस्तीमा यसरी खुसीको द्विप बल्यो र, मान्छेहरूले त्यो परिवर्तनकारी हावाको बेगलाई सलाम गर्दै फेरि फलामे पर्खालको अनिष्ट नपरोस् भनेर प्रतिरक्षाको निम्ति एक ढिका हुने प्रण गरे !


देशैभरका एम्बुलेन्सको एउटै नम्बर बनाउने तयारी

पुस ३०, काठमाडौँ सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशिका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नं रहने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ । सो बुँदा ढिलै भए पनि कार्यान्वयन तयारीमा मन्त्रालय लागेको हो । निर्देशिकामा एम्बुलेन्स सञ्जाल तथा ट्रयाकिङअन्तर्गत एउटै क्षेत्रमा सेवा पुयाउने गरी एकभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेका अवस्थामा सबै एम्बुलेन्सलाई एउटै सञ्जालमा आबद्ध हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एकपूरा पढ्नुहोस्


राष्ट्रियसभाको चुनावपछि सरकार छोड्छु – देउवा

पुस ३०, धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन् । ७ नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने” स्पष्ट पारे । उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए । सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला रपूरा पढ्नुहोस्


काँग्रेस केन्द्रीय समितिको बैठक केही दिनभित्रै

पुस ३०, काठमाडौँ नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भने, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ” “हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइन्छ,” उनले भने । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्टपूरा पढ्नुहोस्


‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने पक्का’

पुस ३०, भक्तपुर नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले आगामी ५ वर्षसम्म वाम गठबन्धनका दुई संघटक नेकपा (एमाले) र माओवादी केन्द्रका दुई अध्यक्षमध्ये एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भने, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन् । त्यो कार्यकाल ५ वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।” कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताए । शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनिपूरा पढ्नुहोस्


बेनी–जोमसोम सडक कालोपत्रे गरिने

पुस ३०, बाबियाचौर, म्याग्दी म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । ४ नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मिटर चौडाइ रहने दुई लेनको सडकको ७ मिटर चौडाइमा कालोपत्रे गरिने इ. निरौलाले बताए । वि.सं. २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मिटर फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँकापूरा पढ्नुहोस्


जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्यटकको संख्या ह्वात्तै बढ्यो

पुस ३०, खोटाङ राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । निर्माण कार्य थालेको ९ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै मास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । “जयरामघाटमा पक्की पुल बनेसँगै सहजरुपमा सवारी साधनबाट सिधै दूधकोशी तरेर हलेसी आउने वातावरण बनेको छ ।”पूरा पढ्नुहोस्


‘भूत आयो’ भनेर विद्यार्थी बेहोस हुन थाल्दा दैनिक पढाइ प्रभावित

congress-leader-aryal-construct-20-houses

पुस ३०, जाजरकोट यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ । विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक ६ देखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  । एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताए । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उनको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताए । घरमा केही नहुने तर विद्यालयपूरा पढ्नुहोस्


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने

पुस ३०, लुम्बिनी पटकपटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ ।   नेपाली ठेकेदारलाई विदाइ, अब सबै काम चिनियाँ कम्पनीले नै गर्ने २०७४ पुस मसान्तभित्र कार्य सकिनुपर्ने थियो अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न “अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ” – आयोजनाका प्रमुख इन्जिनियर ओम शर्मा   गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनियाँ कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थलपूरा पढ्नुहोस्