Main Menu

Monday, January 1st, 2018

 

परिणाम अविलम्ब सार्वजनिक गर्न वाम गठबन्धनको माग

पुस १७, काठमाडौँ वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आज निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरे । राष्ट्रियसभाको निर्वाचन भएपछि मात्र सो परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाउँदै गठबन्धनले संविधान र निर्वाचन कानुन निर्माणमा संलग्नसमेत भई अनुभव हासिल भइसकेकाले कुनै पनि निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गर्न कुनै अप्ठेरो नहुने स्पष्ट गरेको छ । मुलुकलाई जनादेशानुसार अघि बढाउन पनिपूरा पढ्नुहोस्


वैशाख तेस्रो साता घरेलु उद्योग महोत्सव हुने

पुस १७, काठमाडौँ नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख १४ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा प्रदर्शनीको गर्न लागेको हो । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ नाराका साथ शुरु हुने प्रदर्शनीमा नेपालका ७५वटै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायतको सहभागिता रहने महासंघले जनाएको छ । सो महोत्सवमा २५० वटा कक्षपूरा पढ्नुहोस्


सन् २०१७ मा ६६ वटा प्रेस-स्वतन्त्रता उल्लंघनका घटना

पुस १७, काठमाडौँ राजनीतिक गतिविधिमा तीव्रता आएसँगै नेपालमा गत वर्ष सन् २०१७ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना ह्वात्तै बढेको पाइएको छ । फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअनुसार गत वर्ष ६६ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् । घटनामा २३० सञ्चारकर्मी प्रत्यक्ष असरमा परेका छन् । अघिल्लो वर्ष २०१६ मा भने २५ मात्र उल्लंघनका घटना भएका थिए । उल्लघंनका घटनामध्ये १६ आक्रमण, १३ पक्राउ, ११ बाधाव्यवधान, ११ हातपात, ९ ज्यान मार्ने धम्कीलगायत छन् । एक वर्षदेखि प्रेस स्वतन्त्रताको निरन्तर अनुगमन गरिरहेको फोरमले तयार पारेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्रेस स्वतन्त्रता उल्लघंनका घटना प्रदेश नंं ३ मा ३४ वटा भएकापूरा पढ्नुहोस्


त्रिवि दीक्षान्त समारोहमा एक्लैले ३ पदक पाउने को हुन् यी व्यक्ति ?

पुस १७, काठमाडौँ त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गरेका हुन् । स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरेको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए । उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गरेका हुन् । उनले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गर्दै भने, ‘‘मिहनेतको फल प्राप्त भएकोपूरा पढ्नुहोस्


धादिङ बन्यो पूर्णखोपयुक्त जिल्ला

पुस १७, मलेखु, धादिङ धादिङलाई आइतबार पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्यमन्त्री दीपक बोहोराले खुलामञ्चमा आयोजित एक समारोहबीच धादिङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् । सो अवसरमा उनले जिल्ला खोप समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाललाई धादिङ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरे । समारोहमा मन्त्री बोहोराले जिल्ला अस्पताललाई हालको १५ शय्याबाट बढाएर ५० श्ययाको स्वीकृति दिन आफूले तत्कालै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । क्यान्सर, स्पाइनल कर्ड इन्जुरी लगायतका गम्भीर रोग लागेका बिरामीलाई सरकारले ५ हजार भत्ता दिने निर्णय आफूले गरेको बताउँदै उनले जिल्लालाई पूर्णखोपयुक्त बनाएर मात्र नपुग्ने भएकाले अब सबैपूरा पढ्नुहोस्