Main Menu

Thursday, January 4th, 2018

 

‘नागरिक सर्वोच्चताको सम्मानका लागि सत्ता हस्तान्तरणको विकल्प छैन’

पुस २०, काठमाडौँ निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् । कानून पत्रकार मञ्चले आज आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तर्क्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनबाट नयाँ जनमत लिएर आएकालाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको बताएका हुन् । उनले भने, “संसदीय निर्वाचन पद्धतिमा निर्वाचनबाटै अधिकार प्राप्त भएपछि संविधानको कुनै पनि धाराले सरकार गठन गर्न छेक्दैन । निर्वाचन नै नागरिक सर्वोच्चताका लागि हो । निर्वाचनका कारणले नागरिक सर्वोच्चता संसारमा कहीँ पनि रोकिँदैन ।” नेपालमा संविधानको व्याख्या गर्दा संविधानभन्दा पनि बढी ज्ञाता भएर आफू अनुकूल व्याख्या गर्नु गलत भएको चर्चा गर्दै वरिष्ठ अधिवक्ता थापाले केपीपूरा पढ्नुहोस्


नेतृत्वलाई नेविसंघको प्रश्न – निर्वाचन हारियो, तर समीक्षा खोइ ?

पुस २०, काठमाडौँ नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ । नेविसंघले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो । नेविसंघका कोषाध्यक्ष शिव रिमालले पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको जानकारी दिए । “पार्टीले कमजोर नतिजा ल्याएकोमा पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्यो, यसका लागि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने हाम्रो मागपूरा पढ्नुहोस्


काँग्रेस पनि नयाँ सरकार नै चाहन्छ – गगन थापा

पुस २०, दमक नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताएका छन् । झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।” नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताए । “कानुनी प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठनपूरा पढ्नुहोस्


नेपाल गुणस्तर चिन्ह नलिएका ग्यास उद्योगलाई कारबाही गरिने

पुस २०, काठमाडौँ नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई आग्रह गरेको छ । विभागले आज निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन महिनाभित्र नेपाल गुणस्तर चिह्न लिएर सञ्चालन गर्न सूचना प्रकाशित गरेपनि हालसम्म सो सूचनाको कार्यान्वयन नगरेका उद्योगलाई कारबाही गर्न आग्रह गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरीत सञ्चालन गर्दा असुरक्षित भई जनसाधारणलाई क्षति पुग्ने भएकाले अनिवार्य रुपमा एनएस चिह्न लिई सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए । “एनएस प्रमाणपत्र प्राप्त उद्योगहरु मात्र सञ्चालन गर्न पाउने कानुनी प्रावधानपूरा पढ्नुहोस्


समाजवाद र बोलिभारियन क्रान्ति

(मार्क्सवादमा मानव समाज साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यबस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बिपिले पनि समाजवादकै कुरा गरेका थिए । तर, ती समाजवादका कुरा पुँजीजिबी वर्गलाई ज्युँका त्युँ राखेर स्थापना गर्ने बिचारका थिए, जुन सम्भव हुँदैन । मार्क्सवादले प्रस्तुत गरेको र कम्युनिस्टहरुले बुझेको, चाहेको र अभ्यास गरेको सामाजिक -राजनीतिक ब्यबस्था वैज्ञानिक समाजवाद हो । यो पुँजीवाद र पुँजीवादी राज्यसत्तासँग सम्झौताहीन संघर्ष गरेपछि अर्थात समाजवादी क्रान्तिपछि मात्र स्थापना हुन्छ । समाजवादी क्रान्तिको एउटा मोडेल महान लेनिनलेपूरा पढ्नुहोस्


नेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग

पुस २०, काठमाडौँ नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले आज यहाँ हस्ताक्षर गरे । उपाध्यक्ष हाइजिङ सहितको उच्च प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा छन् । यसका लागि नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले रु. १३ करोड आर्थिकसहित अन्य सहयोग प्रदान गर्नेछ । आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । सोसाइटीका अध्यक्षपूरा पढ्नुहोस्


जाडो बढेपछि चिया बाँड्दै, दाउरा बाल्दै सेना

nepal-army-distribute-tea-make-fire

पुस २०, गौशाला अति जाडोकाकारण बेला नेपाली सेनाले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको पाँच स्थानमा तातो चिया बाँड्नाका साथै दाउरा बालेको छ । जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले आज बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए । सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर चिया बाँडेको थियो ।


प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्ति सरकार आफैंले गर्ने

पुस २०, काठमाडौँ प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचनपूरा पढ्नुहोस्


‘पुर्ख्यौली पेशा अपनाउँदा अल्छी भन्छन्’

४५ वर्षीय गणेश गन्धर्व २० वर्ष पहिलेदेखि सारंगी बजाएर गीत गाउँदै आएका छन् । दाङ जिल्लाका गाउँगाउँ एवं तुलसीपुर, घोराही र लमहीका बजार क्षेत्रमा गीत गाउँदै आएका गणेशलाई आफ्नो पुर्ख्यौली पेशा संकटमा परेको भान हुन थालेको छ । बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने उनको अनुभव छ ।  “पहिलेका जमिनले प्रशस्त अन्न दिन्थे । त्यसैबाट परिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारंगी बोकेर गाउँ हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली गर्छन् । त्यो जवाफले त शरम पनि लाग्छ,” तुलसीपुर उपमहानगरपालिका–४ गणेश टोल निवासी गणेश गुनासो गर्छन् । समाजले मात्र होइन, राज्यले पनि आफूजस्ता वर्गलाईपूरा पढ्नुहोस्


चिसो बढ्दै, काठमाडौँको तापक्रम १ डिग्री पुग्यो

पुस २०, काठमाडौँ यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १.५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.२ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्नेछ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ । “काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ,” उनले भने, “हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ ।” बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँपूरा पढ्नुहोस्