Main Menu

जाडो बढेपछि चिया बाँड्दै, दाउरा बाल्दै सेना

पुस २०, गौशाला

अति जाडोकाकारण बेला नेपाली सेनाले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको पाँच स्थानमा तातो चिया बाँड्नाका साथै दाउरा बालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले आज बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।

सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर चिया बाँडेको थियो ।

(Visited 125 times, 1 visits today)

टिप्पणी

comments