Main Menu

Thursday, January 4th, 2018

 

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग

पुस २०, काठमाडौँ विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालले राजधानीमा हिजो आयोजना गरेको साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले नकाम गरेको बताए ।  साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो जनतालाई स्पष्ट गर्न माग गरे । “सरकारले अन्तर्राष्ट्रियस्तरमा बढेको मूल्यवृद्धिका आधारमा बढाएको हो या अरु कुनै कारणले बढाएको हो, त्यो स्पष्ट हुनुपर्छ”– अध्यक्ष महरले भने ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष सुनिता बरालले इन्धनको मूल्यवृद्धि निर्णय फिर्ता नलिएसम्मपूरा पढ्नुहोस्


निर्वाचन आयोगद्वारा आश्चर्य व्यक्त

पुस २०, काठमाडौँ निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ गर्यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आश्चर्य चकित भएको जनाएको छ ।  हिजो छबुँदे विज्ञप्ति जारी गरी आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न नभई मत परिणाम सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चन भएको हुँदा छिटोभन्दा छिटो मत परिणाम सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि सम्भव हुन नसकेको स्पष्ट पार्यो ।  नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्पन्न गरी पहिलो हुने निर्वाचितपूरा पढ्नुहोस्