Main Menu

Sunday, January 21st, 2018

 

प्रेस काउन्सिलद्वारा अनलाइन उजुरी सुरु

माघ ७, काठमाडौँ प्रेस काउन्सिल नेपालले आजदेखि अनलाइन उजुरी प्रणाली शुरुवात गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सञ्चारग्राममा कम्प्युटरको माउस क्लिक गरी उजुरी प्रणालीको सुरुवात गरेका हुन् । यसअघि पीडित पक्षले उजुरी गर्नुपर्दा काउन्सिलको कार्यालय सञ्चारग्राम जानुपर्थ्यो । अनलाइन प्रणाली शुरु भएपछि जुनसुकै स्थानबाट उजुरी गर्न सजिलो भएको छ । जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको माग गर्दै उजुरी गर्न यसपछि सजिलो भएको छ । यसवर्ष अनलाइन प्रदायक संस्थाविरुद्ध धेरै उजुरी परेका छन् । ३५ अनलाइन, १६ छापामाध्यम र ४ टेलिभिजन गृहले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषणपूरा पढ्नुहोस्


७ वटै प्रदेशमा मतदाता नामावली प्रकाशित

माघ ७, काठमाडौँ राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ । निर्वाचन आयोगका अनुसार ७ वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो । प्रदेश नं १ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्षपूरा पढ्नुहोस्


प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिँदै चितवनवासी

माघ ७, रत्ननगर, चितवन “मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो । अब चितवनलाई आर्थिक विकासको शहर भने बनाउन सकिन्छ, बनाइन्छ ।” ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए । आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरु चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने उनको विश्वास थियो । दाहालको थपेका थिए, “चितवन आर्थिक विकासको हब बन्नेवालापूरा पढ्नुहोस्


विश्व बैंकले ४५ अर्ब ऋण सहयोग दिने

माघ ७, काठमाडौँ विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु. ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र यहाँस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालीम परियोजनाबाटपूरा पढ्नुहोस्


रानीपोखरी पुरानै शैलीमा निर्माण गर्न सकिन्छ – प्रतिवेदन

माघ ७, काठमाडौँ रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्नेमा जोड दिँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिने बताए । कामपा प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताए । पाटन दरबार क्षेत्र, हनुमानढोकालगायतपूरा पढ्नुहोस्


कृषि विकास बैंकको खुद मुनाफा साढे २ अर्ब

माघ ७, काठमाडौँ कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा रु. २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु. ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु. ८ खर्ब ६९ अर्ब कर्जापूरा पढ्नुहोस्


निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

माघ ७, काठमाडौँ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ ।   अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुखबिरुवा हटाउन थाल्यो विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने वन फँडानी र सेरोफेरो सडक निर्माणका लागि रु. ८० करोड निकासा गर्ने तयारी   सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिए । अर्थ मन्त्रालयकोपूरा पढ्नुहोस्