Main Menu

Thursday, January 11th, 2018

 

मेक्सिकोको सीमामा पर्खाला लाउनुपर्छ– डोनाल्ड ट्रम्प

पुस २७, वासिङ्टन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताएका छन् । उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन् । हाल उनीहरुबीच आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ । उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रुपमा नै राख्न उनले सो आग्रह गरेको बताइएको छ । गएको मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको सङ्केत गरेका थिए । उनकोपूरा पढ्नुहोस्


माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाउँदै

पुस २७,  काठमाडौँ नेकपा(माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् । विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । सञ्चारसँग कुरा गर्दै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिए । सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गरेका थिए । “निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियौँ, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा गर्याौं भन्नेपूरा पढ्नुहोस्


होन्डुरसमा शक्तिशाली भूकम्प, ठूलो सुनामी आउन सक्ने

पुस २७, होन्डुरस होन्डुरसको क्यारेबियन समुद्रको तटीय क्षेत्रमा मंगलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु ग्रेट स्वान द्वीपबाट करिब ४४ किलोमिटर पूर्वमा रहेको अमेरिकन भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । भूकम्पबाट अमेरिकाको भर्जिन आइसल्यान्ड, पुयर्टोरिका तथा जमैकासम्म हलचल भएको एजेन्सीहरूले जनाएका छन् । ठूलो सुनामी आउन सक्ने प्रशासनले भूकम्पपछि अर्को शक्तिशाली सुनामी आउन सक्ने चेतावनी दिएको छ । प्रशासनले सुनामीबाट सुरक्षित रहन स्थानीय जनतालाई सुसूचित गरेको छ । आउँदो २४ घन्टासम्म कुनै व्यक्तिलाई तटीय क्षेत्रमा जान प्रशासनले निषेध गरेको छ । संकटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) लेपूरा पढ्नुहोस्


इन्टर्नेटको लागि भारतीय एकाधिकार तोडियो, चीनबाट पनि आयो इन्टर्नेट

पुस २७, काठमाडौँ नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदैछ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् । सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्तापूरा पढ्नुहोस्


अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट, वामपन्थी एकताको विषयमा छलफल

पुस २७, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष प्रचण्ड र उनलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा दुई नेताबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । भेटमा नेता सिंहले वामपन्थी मिलेरपूरा पढ्नुहोस्