Main Menu

Saturday, January 27th, 2018

 

वाम एकता तयारीसँगै प्रगतिशील लेखकमा वैचारिक ध्रुवीकरण

माघ १३, काठमाडौँ वाम एकताको तयारीसँगै प्रगतिशील लेखक–साहित्यकारबीच समाजवादको लक्ष्य र गन्तव्यका विषयमा मतान्तर देखिएको छ । मुलुकका सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान प्राप्तिपछिको निर्वाचनमा बहुमत हासिल गरेका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेका बेला तिनै घटकनिकट लेखक–साहित्यकारले पूँजीवादी क्रान्ति सम्पन्न भइसकेको मान्ने कि नमान्ने भन्ने प्रश्नमा बहस चलेको हो । वि.सं. २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिपछि पूँजीवादी क्रान्तिले एक उचाइ हासिल गरेको तर सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवयव बाँकी रहेकाले अब लोकतान्त्रिक समाजवादको गन्तव्य बोकेर समृद्धिको यात्रा तय गर्नुपर्ने बिन्दुमा एमाले र माओवादी केन्द्र पुगेका छन् । यी दुई दलको भावी एकता र नयाँपूरा पढ्नुहोस्


ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड

माघ १३, ककनी, नुवाकोट नुवाकोटको ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज ककनीमा आयोजना गरेको ‘ककनीको पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तरक्रियामा उनीहरुले ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले काठमाडौँदेखि २० मिनेटको दूरीमा रहेको ककनीको व्यापक प्रचारप्रसार नहुँदा पछाडि परेको भन्दै सबैले मिलेर ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । “ककनीको जुन रुपमा विकास हुनुपर्ने थियो, त्यो भएको छैन,” उनले भने, ‘‘ककनी जस्तै नगरकोटले पर्यटकीय क्षेत्रमा फड्को मारेको छ । अब ककनीलाई नगरकोट, धुलिखेल जस्तै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्दछपूरा पढ्नुहोस्


देवरसँगको अवैध गर्भाधारणबाट जन्मिएको शिशुको देवर भाउजुद्वारा हत्या

माघ १३, फलेवास पर्वत वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् । सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैदपूरा पढ्नुहोस्


सिन्धुलीमा हावाबाट सबैभन्दा बढी क्षमताको विद्युत् उत्पादन

माघ १३, सिन्धुली   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको छ । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ । नेपाल सरकार तथा एसियाली विकास बैंकको रु. १ करोडपूरा पढ्नुहोस्


टाटासुमो दुर्घटना, ६ को मृत्यु

माघ १३, महेन्द्रनगर, धनुषा गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको टाटा सुमो दुर्घटनामा परी संखुवासभा, धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जिबी, विराटनगर–४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रह्लाद न्यौपाने,पूरा पढ्नुहोस्


व्यावसायिक कृषि गर्नेमध्ये ९० प्रतिशत महिला

माघ १३, रोल्पा यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको सङ्ख्या अधिक देखिएको बताइएको छ । सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवर्द्धनमा महिलाहरु विश्वसनीय देखिएको श्रेष्ठले बताए । कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकालेपूरा पढ्नुहोस्


स्याङ्जामा अत्याधुनिक बायोग्यास प्लान्ट, दैनिक १२ सय किलो ग्यास उत्पादन

माघ १३, स्याङ्जा स्याङ्जामा अत्याधुनिक बायोग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ । सातजना स्थानीयले ५० करोड रुपैयाँ लागतमा सञ्चालित खिलुङ-कालिका एग्रो फर्मले प्लान्ट सञ्चालनमा ल्याएको हो । एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने यो कम्पनी मुलुककै पहिलो भएको दाबी उक्त फर्मका कार्यकारी अधिकृत ढकालको  छ । उनका अनुसार प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन हुन्छ । ‘देशका विभिन्न स्थानमा सञ्चालित यस्ता प्लान्टबाट मल मात्रे उत्पादन हुँदै आएको छ,’ उनले भने, ‘एउटै प्लान्टबाट तीन थरीका वस्तु उत्पादन गर्ने हाम्रो कम्पनी अत्याधुनिक हो ।’ कुखुराका सुलीको व्यस्थापनसँगै फर्मका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्लान्ट सञ्चालनमा ल्याएको उनलेपूरा पढ्नुहोस्


एम्बुलेन्स लिएर हिउँ खेल्न दामन

माघ १३, काठमाडौँ मान्छे बिरामी हुँदा आपत्कालीन अवस्थामा प्रयोग गरिने एम्बुलेन्सको चरम दुरुपयोग भएको छ । नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ना२च २८९२ नम्बरको एम्बुलेन्स बिरामी बोक्न छाडेर परिवारसहित हिउँ खेल्नमा प्रयोग गरेको पाइएको हो । मकवानपुरको दामनमा परिवारसहित हिउँ खेल्न सो एम्बुलेन्स प्रयोग गरेको पाइएको छ । एम्बुलेन्स सञ्चालक प्रतिप लामाले आर्थिकभार नपर्ने भएकाले एम्बुलेन्स लिएर परिवारसहित दामनमा हिउँ खेल्न गएको बताए । ‘बिरामी लिएर काठमाडौं गएको थिएँ,’ लामाले भने, ‘आउँदा खाली थियो, परिवारलाई लिएर हिउँ खेल्न दामन गएको हुँ ।’ बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स अन्य प्रयोजनको लागि प्रयोग गर्न पाइँदैन । सञ्चालकलाई कारबाही गर्छौं नेपाल क्षयरोगपूरा पढ्नुहोस्