Main Menu

Saturday, January 6th, 2018

 

जनताले प्रगतिशील एजेन्डा सहितको बामपन्थी सरकार खोजेका छन् : पोखरेल

पुस २१, काठमाडौ बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले जनताले प्रगतिशील एजेन्डा सहितको बामपन्थी सरकार खोजेको बताएका छन् । महोत्तरीबाट काठमाडौँ आएर विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका महोत्तरीबासीहरुको साझा संगठन महोत्तरी-काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा आज राजधानीमा भएको एक कार्यक्रममा पोखरेलले काँग्रेस जनभावना विपरित जान खोजेको आरोप लगाउँदै बाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको अवस्थामा काँग्रेसले जनमतको कदर गर्न नसकेको बताए । ‘निर्वाचनको मत परिणाम आउने बित्तिकै काँग्रेसले सत्ता हस्तान्तरण गरेर जनमतको कदर गर्नुपर्थ्यो,’ उनले भने, ‘सत्ता लम्बाउने र बाम गठबन्धनलाई टुटाउनेतर्फ काँग्रेसको ध्यान गएको छ ।’ कार्यक्रममा मन्त्री पोखरेलले सम्मानजनक बामपन्थी एकतापूरा पढ्नुहोस्


दक्षिण कोरियाले पठायो वार्ता टोलीको नाम

पुस २२,  सोल उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क (हट लाइन) मार्फत पठाइएको हो । दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीका नाम आज पठाएपछि अब उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण पठाइने छ । आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । शनिबार ती नामको सूचीपूरा पढ्नुहोस्


आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

पुस २२, सान फ्रान्सिस्को दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ । आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारापूरा पढ्नुहोस्


बर्मेली दम्पती

घनश्याम ढकाल (नेपाली प्रगतिशील साहित्यिक क्षेत्रमा एक नक्षत्रका रुपमा रहेका बितेका साहित्यकार घनश्याम ढकाल प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष पनि थिए । नेपाली क्रान्तिका लागि आफू मात्र होइन आफ्नो सम्पूर्ण परिवारलाई नै समेटेर अगाडि बढेका उनका एक छोरा जनयुद्धमा शहीद बने । २०१० सालमा स्याङ्जामा जन्मी कर्मथलो पोखरालाई बनाएका साहित्यकार घनश्याम ढकालले आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जना मार्फत् नेपाली क्रान्तिका लागि अर्पे । कविता, कथा, उपन्यास, विवेचना, समालोचना, संस्मरणलगायत गरी झण्डैझण्डै पुगनपुग दुई दर्जन कृति सिर्जना गरी प्रकाशित गराएका उनी जनयुद्ध दिवस मनाउन काठमाडौंको खुलामञ्चतिर लाग्दै गर्दा प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करमा परी २०६८ साल फागुन १ गते निधन हुन पुगेकापूरा पढ्नुहोस्


क्लिङकरको आयात रोकिएपछि व्यापारीद्वारा सिमेन्टको मूल्यमा कालोबजारी

पुस २२, वीरगञ्ज सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्न थालेका छन् । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यसको धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका विक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ । घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका कपिलदेव यादव भन्छन्, ‘क्लिङकरको अभावपूरा पढ्नुहोस्


आन्तरिक गन्तव्य विस्तार गर्दै निगम, चीनबाट २ वटा विमान ल्याइँदै

पुस २२, काठमाडौँ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चीनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको ३ महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दाङको तुल्सीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो ? भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “तत्कालै त्यस्तो योजना छैन । अहिले पाइलट पनि छैनन्, विमान पनि कम छन्पूरा पढ्नुहोस्


भक्तपुर–नगरकोट सडकः धुलाले विरामी बढ्दै, पर्यटन धरापमा

पुस २२, भक्तपुर २ वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको ४ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक शैलुङ कन्स्ट्रक्सन प्रालिले वि.सं. २०७१ जेठमा निर्माण शुरु गरेको थियो । सो कम्पनीले आव ०७२/०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तारले गति लिन सकेको छैन । एक्जिम बैंक इन्डियाको रु. २८ करोडको सहयोगमा सडक विस्तार शुरु गरिएको थियो । विसं २०७४ मंसिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माण अवधि थप गरिए पनि थप समयसमेत सकिएर बल्ल ४० प्रतिशत काम मात्र पूरा भएको छ ।पूरा पढ्नुहोस्


संस्कृति

द्रौपदीको दुःख

अभय श्रेष्ठ (साहित्य तत्कालीन समय र स्थानको ऐना हुन्छ । साहित्यमा समाजको संरचना, राजनीति, अर्थव्यवस्था, संस्कृति र मूल्य मान्यता प्रतिविम्वित भएका हुन्छन् । तर पनि साहित्य साहित्य नै हुन्छ, यथार्थ हुँदैन । साहित्यमा रहेका पात्र, कथावस्तु, घटना, परिघटना आदि सबै समाजबाट टिपिएका हुने भए पनि अपवादबाहेक सबै हुबहु हुँदैनन् । महाभारतको कथा सम्भवतः तीन हजार वर्षभन्दा पहिले वेदव्यास ऋषिले लेखेको उत्कृष्ट साहित्य हो । त्यसमा उल्लेखित पात्र, घटना, परिघटना र कथावस्तु हुबहु नभए पनि त्यसभित्र समाविष्ट कयौं कुराहरु यथार्थ घटनाबाट टिपिएका हुन सक्छन् । तर, साँचो कुरा के हो भने वेदव्यासको लेखनले त्यतिखेरको मानव विकासको स्तर, राजनीति, सामाजिक संरचना, सामाजिकपूरा पढ्नुहोस्


किष्ट मेडिकल कलेज २४ दिनदेखि ठप्प

पुस २२, ललितपुर ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल २४ दिनदेखि ठप्प छ । अस्पतालमा कार्यरत नर्सलतायत कर्मचारीले कलेज व्यवस्थापनले आफ्नो माग सुनुवाइ नगरेको भन्दै आन्दोलन गरेपछि अस्पताल ठप्प भएको हो । अस्पतालको विनियमावली श्रम ऐनअनुसार हुनुपर्ने, तलबभत्ता वृद्धि हुनुपर्नेलगायत १५ बुँदे माग अस्पताल व्यवस्थापन सम्पर्कविहीन भएको आरोप अस्पतालको आम्दानी कम भएकोले माग पूरा गर्न नसकिने व्यवस्थापनको भनाइ व्यवस्थापनले श्रम विभागको पत्र बुझ्न मानेन अस्पताल ठप्प हुँदा बिरामीको उपचार मात्र रोकिएको होइन, कलेजमा अध्ययरत एमबीबीएस पाँचौं र बीडीएस (डेन्टल) चौथो वर्षमा अध्ययरत विद्यार्थीको प्रयोगात्मक परीक्षा पनि प्रभावित भएको छ । उपचार गराउन आउने बिरामी त्यसै फर्कन बाध्य छन् । फलोअपमापूरा पढ्नुहोस्


कालिका पावरले स्थानीयको लागि शेयर जारी गर्ने

congress-leader-aryal-construct-20-houses

पुस २२, काठमाडौँ गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु. ६ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कालिका पावरलाई ६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु. १०० मूल्य अंकित दरको ६ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । गोरखाको दरौदी खोलामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणकापूरा पढ्नुहोस्