Main Menu

एम्बुलेन्स लिएर हिउँ खेल्न दामन

माघ १३, काठमाडौँ

ambulance-misusedमान्छे बिरामी हुँदा आपत्कालीन अवस्थामा प्रयोग गरिने एम्बुलेन्सको चरम दुरुपयोग भएको छ ।

नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ना२च २८९२ नम्बरको एम्बुलेन्स बिरामी बोक्न छाडेर परिवारसहित हिउँ खेल्नमा प्रयोग गरेको पाइएको हो ।

मकवानपुरको दामनमा परिवारसहित हिउँ खेल्न सो एम्बुलेन्स प्रयोग गरेको पाइएको छ ।

एम्बुलेन्स सञ्चालक प्रतिप लामाले आर्थिकभार नपर्ने भएकाले एम्बुलेन्स लिएर परिवारसहित दामनमा हिउँ खेल्न गएको बताए ।

‘बिरामी लिएर काठमाडौं गएको थिएँ,’ लामाले भने, ‘आउँदा खाली थियो, परिवारलाई लिएर हिउँ खेल्न दामन गएको हुँ ।’

बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स अन्य प्रयोजनको लागि प्रयोग गर्न पाइँदैन ।

सञ्चालकलाई कारबाही गर्छौं

नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाका अध्यक्ष दामोदर न्यौपानेले एम्बुलेन्सको दुरुपयोग भएको स्वीकार गरे ।

‘हाम्रो एम्बुलेन्स दुरुपयोग भएको छ । परिवार त के, बिरामी नभए सानो बच्चा पनि एम्बुलेन्समा बोक्न पाइँदैन,’ उनले भने, ‘एम्बुलेन्स सञ्चालकमाथि कारबाही गर्छौं ।’

हिउँ खेल्ने ठाउँमा एम्बुलेन्स लैजानु नै गलत भएको न्यौपानेले बताए । एम्बुलेन्स नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको पनि उनले बताए ।

नयाँ पत्रिकाबाट

(Visited 108 times, 1 visits today)

टिप्पणी

comments