Main Menu

होन्डुरसमा शक्तिशाली भूकम्प, ठूलो सुनामी आउन सक्ने

पुस २७, होन्डुरस

honduras-earthquake-tsunami-warningहोन्डुरसको क्यारेबियन समुद्रको तटीय क्षेत्रमा मंगलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु ग्रेट स्वान द्वीपबाट करिब ४४ किलोमिटर पूर्वमा रहेको अमेरिकन भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

भूकम्पबाट अमेरिकाको भर्जिन आइसल्यान्ड, पुयर्टोरिका तथा जमैकासम्म हलचल भएको एजेन्सीहरूले जनाएका छन् ।

ठूलो सुनामी आउन सक्ने

प्रशासनले भूकम्पपछि अर्को शक्तिशाली सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

प्रशासनले सुनामीबाट सुरक्षित रहन स्थानीय जनतालाई सुसूचित गरेको छ । आउँदो २४ घन्टासम्म कुनै व्यक्तिलाई तटीय क्षेत्रमा जान प्रशासनले निषेध गरेको छ ।

संकटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा तटीय जिल्लालाई लक्षित गरी सुनामीको चेतावनी दिएको युएसजिएसले जानकारी दिएको छ ।

नागरिकमा त्रास

रातको समयमा भूकम्प गएपछि होन्डुरसका नागरिकमा त्रास फैलिएको छ ।

भूकम्पपछि होन्डुरसमा दर्जनौँ स–साना परकम्प गएको एजेन्सीहरूले जनाएका छन् । स्थानीय नागरिकलाई स–साना परकम्पले भन्दा पनि त्यहाँ आउन सक्ने सुनामीका कारण डर उत्पन्न भएको छ ।

अमेरिकाको भर्जिन आइसल्यान्डमा तीन फिटभन्दा ठूला छालसहितको सुनामी आउन सक्ने अमेरिकन भूगर्भ विभागले जनाएको छ । यसको असर जमैका, क्युवा तथा क्यामान आइसल्यान्डमा पर्न सक्छ ।

राष्ट्रपति जुआनको अनुभव

होन्डुरसका राष्ट्रपति जुआन ओलान्डो हर्नान्डेजले आपतकालीन स्थितिको घोषणा गरेका छन् ।

‘यतिवेला होन्डुरसमा शक्तिशाली भूकम्प गएको छ, म जनतासँग यो आग्रह गर्न चाहन्छु कि सबै सुरक्षित स्थानमा बस्नुहोस्,’ राष्ट्रपति जुआनले बुधबार बिहान ट्विटरमा पोस्ट गरेका छन् ।

राष्ट्रपति जुआनले भूकम्प आउँदा आफ्नोअगाडि ठूलो बुल्डोजर चलेकोजस्तो अनुभव भएको बताएका छन् ।

‘त्यो समयमा मेराअगाडि भयानक बुल्डोजर चलेकोजस्तो लाग्यो,’ उनले भने । ‘लामो समयसम्म कम्पन नभए पनि शक्तिशालीचाहिँ थियो ।’

भूकम्प आइरहेको वेलामा बाल्कोनीतर्फ भागेको राष्ट्रपति जुआनले सुनाए ।

‘भूकम्पको महसुस भएको समयमा म झ्यालतर्फ भागेँ, त्यहाँ बिजुलीका खम्बा चलिरहेका र तारहरू स्विङ भइरहेका थिए,’ उनले भने ।

अहिलेसम्मकै ठूलो

मंगलबार राति गएको भूकम्प होन्डुरसमा अहिलेसम्मकै शक्तिशाली रहेको जनाइएको छ ।

सन् २०१० मा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस समयमा होन्डुरस, क्युवा र हैटीका गरी २ लाख व्यक्तिको निधन भएको थियो ।

७.४ म्याग्निच्युडको भूकम्प जाँदा हैटीमा बढी तहसनहस भएको थियो । त्यसवेला दश अर्ब डलरबराबरको क्षति भएको थियो ।

२०१० को भन्दा यसपटक शक्तिशाली भूकम्प गएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । होन्डुरसको रिको भन्ने स्थानमा सडकछेउका सबै बिजुलीका पोल सडकमा लडेका छन् ।

(Visited 121 times, 1 visits today)

टिप्पणी

comments