Main Menu

लिम्बू भाषालाई कामकाजी भाषा बनाउन अभियान

पुस २३, पाँचथर

limbu-provincial-language-campaign‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दबाब दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।

सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं १ को नामकरण सैद्धान्तिक तथा वस्तुगत’को आधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश ‘क’का नवनिर्वाचित सभासद् सीता थेबेले प्रदेश १ मा लिम्बू भाषालाई सांस्कृतिक, भाषिक रुपले कामकाजी बनाउन प्रदेशसभामा आफूले सक्दो प्रयास गर्ने बताए ।

प्रदेश नं १ नेपाली र मैथिलीपछि तेस्रो भाषाका रुपमा रहेको लिम्बू भाषा प्रादेशिक भाषा बन्नयोग्य रहेको मञ्चका सदस्य तथा भाषाविद् कुरुम्बाङको भनाइ छ । प्रदेश १ मा ४५ लाख ३४ हजार ९४३ जनसंख्यामध्ये ३ लाख ३१ हजार ६८५ लिम्बू छन् । सम्मेलनमा पाँचथरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटालगायत जिल्लाका प्रतिनिधि छन् ।

(Visited 228 times, 1 visits today)

टिप्पणी

comments