Main Menu

पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड को आवेदन खुल्ला

माघ ५, काठमाडौँ

fifth-national-astronomy-olympiad-registration-starts

दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन आह्वान गरिएको छ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । 

ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्ष भन्दा कम उमेर हुने १०+२ मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न सक्नेछन् ।

विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले वि.सं. २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिने सासाइटीले जनाएको छ । प्रतियोगिताका लागि रु. १ हजार शुल्क तोकिएको छ ।

आवेदनका लागि माध्यमिक शिक्षा परीक्षा (एसइई) वा सो सरहको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, आवेदन दस्तुर तिरेको प्रमाण पायक पर्ने क्षेत्रमा रहेको आवेदन केन्द्रमार्फत दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको केन्द्र, पाठ्यक्रम, चरणसम्बन्धी विवरण सोसाइटीको वेबसाइटमा राखिएको सोसाइटीले जनाएको छ ।

प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सिफारिस गरिने छ । सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रममा उत्कृष्ट ठहरिएका विद्यार्थी देश विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् ।

प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताए । छानिएका विद्यार्थी ५ महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

(Visited 158 times, 1 visits today)

टिप्पणी

comments