Main Menu

उदयपुरमा ५ घर आगलागी, १७ लाखको क्षति

माघ २, गाईघाट, उदयपुर

fire-engulfs-5-houses-udaypurउदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो ।

विकको घरबाट शुरु भएको आगो अन्य पाँचघरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागीबाट ६५ वर्षीय रण बहादुर विकको रु. ३ लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको थियो भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुर विकको पनि ३ लाख २० हजार क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै, स्थानीय ३५ वर्षीय मेघबहादुर विकको रु. ३ लाख ६० हजार, अर्का स्थानीय पर्शुराम विकको रु. ३ लाख ७० हजार र चक्रबहादुर विकको रु. ३ लाख ७० हजार बराबरको लत्ताकपडा अन्न नगदसमेत क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागी बढ्दै जान थालेपछि ५ किलोमिटर दूरीमा रहेको प्रहरी चौकी, भुटारबाट प्रहरीको टोली पुगेर स्थानीयको समेत सहयोगमा झण्डै डेढ घण्टापछि आगलागी नियन्त्रण भएको पनि प्रहरीले बताएको छ । 

(Visited 86 times, 1 visits today)

टिप्पणी

comments