Main Menu

पुरुष तथा महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

२६ पुस, पोखरा

congress-leader-aryal-construct-20-housesराष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।

नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ९-९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउने जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए ।

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments