Main Menu

Tuesday, January 2nd, 2018

 

दुर्घटनामा मृत्यु भएपछि राजमार्ग अवरुद्ध, अश्रुग्यास प्रयोग गरी बाटो खुला

locals-disrupt-highway-police-use-teargas

पुस १८, बनेपा काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ”, प्रहरी उपरीक्षक थापाले भने। आइतबार काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नम्बरको यात्रुवाहक बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिएर गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो । प्रहरीलेपूरा पढ्नुहोस्


ब्राजिली जेलमा नयाँ वर्षको दिन भड्किएको दंगामा ९ कैदीको मृत्यु

पुस १८, ब्राजिल ब्राजिलको गोइयास प्रान्तको एक जेलमा भएको दंगामा परी कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जेलभित्रै रहेका कैदीहरुको दुई समूहबीच भएको दंगामा तिनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घटनापछि दुबै समूहका १ सयभन्दा बढी कैदीहरु जेलबाट भागेका छन् । तर अवस्था नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । गोइयास प्रान्तको राजधानी गोइयानिया नजिकको एक जेलमा नयाँ वर्षको दिन दंगा भड्किएको थियो । प्रतिद्वन्द्वी दुई समूहले पर्खाल भत्काएर भाग्न सफल भएको प्रहरीले बताएको छ । जेलबाट भागेका मध्ये ३० जना कैदीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ८० जनाभन्दा बढी अझै फरार छन् । घटनामापूरा पढ्नुहोस्


उत्तरको छिमेकलाई ओलम्पिकमा भाग लिन सहयोग गर्न दक्षिण कोरिया तयार

पुस १८, सोल, दक्षिण कोरिया दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले उत्तर कोरियाका खेलाडीहरुलाई २०१८ को हिउँदे ओलम्पिकमा भाग लिन सहयोग गर्नको लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ-उनले आउँदो फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा भाग लिनको लागि एक टोली दक्षिण कोरियाको प्योङच्याङमा पठाउनसक्ने बताएका थिए । किमले यसको लागि दुई पक्षले ‘चाँडोभन्दा चाँडो वार्ता’ गर्नुपर्ने बताएका थिए । राष्ट्रपति मूनले किमको यो प्रस्तावलाई दुई देशबीच बढ्दै गएको तनावलाई सुधार्नको लागि राम्रो अवसर हुने बताए । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा मूनले ओलम्पिक खेललाई शान्तितर्फको पाइलाको लागि ‘अभूतपूर्व मौका’को रुपमा प्रयोग गर्ने बताए ।पूरा पढ्नुहोस्


तिलिचो ताल जाने उचित समय कहिले ?

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन । आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिना देखि मंसिर अन्तसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघका अध्यक्ष विनोद गुरुङले बताए । तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणकोपूरा पढ्नुहोस्


सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

पुस १८, रोल्पा अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो । सौर्य ऊर्जामध्ये ७ हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छपूरा पढ्नुहोस्


तीनकुनेमा स्कुटर दुर्घटना, चालकको मृत्यु

पुस १८, काठमाडौँ काठमाडौँ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा निजामती अस्पताल, मीनभवनमा निधन भएको हो ।


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पुस १८, काठमाडौँ नेपाल आयल निगमले आजबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु. १-१ मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु. २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ३ बढाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु. १०२, डिजेल र मट्टितेल प्रति लिटर रु. ७९-७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु. १ हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ९०पूरा पढ्नुहोस्


खानेपानी लिमिटेडले नै फिल्टर नगरिएको पानी वितरण गर्दै

पुस १८, काठमाडौँ  काठमाडौँ उपत्यका खानपान लिमिटेड (केयूकेएल)ले सीधै पिउनयोग्य भन्दै फिल्टर नै नगरेको पानी बिक्रीवितरण गरेको पाइएको छ । केयूकेएलको ललितपुर सैंबु शाखाबाट नीलो रङको स्टिकर प्रयोग गरिएको बा२ख १३९४ नम्बरको ट्यांकरले धमाधम फिल्टर नगरेको पानी बेचिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पिउनयोग्य पानी बिक्रीवितरण गर्ने ट्यांकरमा प्रमाणस्वरूप नीलो रङको स्टिकर लगाइदिन्छ । केयूकेएलद्वारा सञ्चालित १३ वटा ट्यांकरमा यस्तो स्टिकर छ । नीलो रङको स्टिकर पाएका ट्यांकरले सीधै पिउनयोग्य पानी बिक्री गर्न पाइने कानुनी प्रावधान छ । सैंबुस्थित कलेक्सन चेम्बर (मुहानबाट पानी ल्याई जम्मा गरिएको ठाउँ) मा पानी फिल्टर गरिएको छैन । सैंबुस्थित चेम्बरमा बुङमती फर्सिडोलको डिपपूरा पढ्नुहोस्


काँग्रेससहित ६ दलको समानुपातिक सूची नै मिलेन

पुस १८, काठमाडौँ निर्वाचन आयोगले६ राजनीतिक दललाई प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित गर्न प्रस्तावित नामावली सच्याउन पत्राचार गरेको छ । आयोगले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो । आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सूची कानुनअनुसार मिलाएर पठाउन पत्राचार गर्ने निर्णय गरेको हो । ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटि देखिएका छन् । आयोगले ती दललाई त्रुटि सच्याउन तीन दिनको समय दिएको छ । आयोगका प्रवक्ता सहसचिव दिनेश घिमिरेलेपूरा पढ्नुहोस्


दुरुपयोग रोक्न ई-पासपोर्टको तयारी गर्दै राहदानी विभाग

पुस १८, काठमाडौँ राहदानी विभागले राहदानी दुरुपयोग रोक्न ई-पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा राहदानी बनाउने गरिएको गुनासो आउने गरेकाले दुरुपयोगको आशंकामा ई-पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो । खासगरी नेपालबाहिरबाट आउने आवेदनमा दुरुपयोग भएको आशंका हुने गरेको छ । एमआरपीबाट मात्रै दुरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ । १० मुलुकका नियोग र राहदानी विभागमा लाइभ इनरोलमेन्ट (आफै उपस्थित भएर अनलाइनमा फर्म भर्ने) सन्चालन गरिएको भए पनि त्यो उत्साहजनक रुपमा उपयोगमा नआएको विभागका अधिकारीले बताए । एमआरपीलाई ई-पासपोर्टमा लैजाने तयारीस्वरूप सरकारले दुई वर्षअघि नै लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाएको थियो । सहजताका लागि अझै पनिपूरा पढ्नुहोस्