Main Menu

बाँदर ठानेर हानेको गोली लागेर मृत्यु

पुस १८, पाल्पा

बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।

मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् ।

(Visited 85 times, 1 visits today)

टिप्पणी

comments