Main Menu

भूकम्पपीडितका लागि प्राप्त २ करोडको राहत नष्ट

पुस १८, नुवाकोट

2-crore-worth-earthquake-relief-destroyedजिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।

विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो ।

वि.सं. २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको लामो समयसम्म सही व्यवस्थापन नहुँदा कुहिएको थियो ।

भूकम्पपछि जिल्लाका प्रशासक र राजनीतिक दलबीच राहत वितरणमा उत्पन्न विवादले ती सामग्री भण्डार गरिएको थियो । रु. ५ करोडभन्दा बढीको राहत सामग्री इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा अव्यवस्थितरुपमा राखिएका कारण आधाभन्दा बढी सामग्री कुहिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । उनका अनुसार नष्ट गरिएका सामग्री रु. २ करोडभन्दा बढी मूल्यको छ ।

राहत सामग्री गनाउन थालेपछि सरोकारवालाको दबाबले जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्रशासकीय अधिकृत शर्माको संयोजकत्वमा समिति गठन गरी भण्डार गरिएको ३२ महिनापछि कुनै पनि सामग्री काम नलाग्ने र लगाउने पोशाक, टेन्ट, त्रिपाल, डस्ना–कम्बललगायत सामग्रीसमेत कुहिएर प्रयोगविहीन भएपछि नष्ट गरिएकोे हो ।

भण्डारणस्थलमा अझै सुरक्षित रहेका रु. ३ करोड बराबरका टेन्ट, त्रिपाल, तयारी पोशाक, बच्चाले लगाउने कपडा, कम्बल–डस्ना, सौर्य बत्ती, ग्यास चुलोलगायतका सामग्रीको व्यवस्थापनमा अन्योल भएकाले दैवी प्रकोप उद्धार समितिको अब बस्ने बैठकले व्यवस्थापन गर्ने भएको छ ।

सुरक्षित सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको सभाहलमा भण्डारण गरिए पनि त्यहाँ नअटाएपछि साविकको भण्डारणस्थलमा राखिएको छ ।

(Visited 72 times, 1 visits today)

टिप्पणी

comments