Main Menu

August, 2017

 

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

khairhani-vote-counting-19-hrs-later

भदौ १५, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं. २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ । निर्वाचनको तयारीका लागि पार्टीले ८ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रसारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टीपूरा पढ्नुहोस्


स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण

भदौ १५, बाजुरा । गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा धितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ । उनले ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने बताए । गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि रु. ९० लाख बजेट विनियोजन गरिएको छ । विदेशमा गई काम गर्नुभन्दा गाउँमै ऋण लिएर व्यवसायपूरा पढ्नुहोस्


आजदेखि राष्ट्रिय फुटसल लिग

भदौ १५, काठमाडौँ । रेडबुल राष्ट्रिय फुटसल लिग आजबाट सातदोबाटोस्थित आन्फा कम्प्लेक्समा सुरु हुँदैछ । १६ टिम सहभागी हुने उक्त प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद उपहार प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वार्ड, बेस्ट मिडफिल्डर र बेस्ट कोचले पनि २०–२० हजार प्राप्त गर्नेछन् । सहभागी टिमहरु खुमल्टार युवा क्लब, बीजी ब्रदर्स, किक–अफ फुटसल, हरिसिद्धि फुटसल, खालीबारी फुटसल क्लब, स्वयम्भू रिक्रियसन सेन्टर, संखमुल फुटसल, रजिनी फुटसल, स्टुपा फुटसल बौद्ध, रेभ फुटसल सेन्टर, ढुकु फुटसल हब र चौर रिक्रियसन सेन्टर छन् । राष्ट्रिय फुटसल लिगको आयोजनाको लागि एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच गतपूरा पढ्नुहोस्


तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

भदौ १५, कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको ५ कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँट नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको ३ कट्ठा जग्गामा उनले तरकारीखेतीको शुरुवात गरे । तरकारीखेतीबाट चौधरीले ३ महिनामा रु. २० हजार आम्दानी गरे । मजदुरी गरेर चौधरीले दैनिक रु. २०० मात्रै कमाइ गर्थे । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उनले व्यावसायिक तरकारीखेतीलाई अंगालेका हुन् । तरकारीखेती गरेर परिवार पाल्न सहज भएको उनि बताउछन् । थोरै जग्गा भएपछि उनले वार्षिक रु. १ लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गापूरा पढ्नुहोस्


‘अब महिलालाई प्रमुखको उम्मेदवार बनाउनुपर्छ’

  भदौ १५, काठमाडौँ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता चुनौती र आगामी रणनीति’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा स्थानीय तहका प्रमुख र अध्यक्षहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित गरिएको भन्दै गुनासो गरे । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय तहको निर्वाचनअन्तर्गत असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमात्र भन्दा पनि प्रमुख र अध्यक्षको उम्मेदवार बनाउन राजनीतिक दलका नेतालाई आग्रहपूरा पढ्नुहोस्


मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

भदौ १५, मुम्बई । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ । मुम्बइको बजार इलाकाकै ४ तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म  ३ जनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ । मुम्बइमा २ दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएकापूरा पढ्नुहोस्


भासियो नारायनगढ-मुग्लिन सडक, आज दिनभर गाडी नचल्ने

  भदौ १५, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको ४ मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए । सडक भासिएका ठाउँका सडक ९ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो । सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फीपूरा पढ्नुहोस्


ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

भदौ १५, पथरी (मोरङ) । सरकारले वर्षात्को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन । चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्याएको छ । मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ । त्यही समयमा उक्त क्षेत्रमा प्रहरीले निगरानी पनि गरिरहेको छ । असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन । तर तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ । जेसिभी २५ हजार, ट्रिफर २० हजार र ट्र्याक्टरलाई रु १०पूरा पढ्नुहोस्


‘इन्जिनियर नै आउँदैनन्, घर कसरी बनाउनु ?’ – भूकम्पपीडित

congress-leader-aryal-construct-20-houses

भदौ १५, म्याग्दी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीले गत आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु. ५० हजारका दरले निजी आवास निर्माणका लागि रु. ३ करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो । अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु. ३ करोडको अख्तियारी आए पनि नापजाँचपूरा पढ्नुहोस्


झोले कार्यालयबाट सरकारी कामकाज

congress-leader-aryal-construct-20-houses

भदौ १५, जाजरकोट। यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ३ महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गर्दैआएको छ । तेह्रवटा वडा रहेको सो नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन् । यहाँ ३ नगरपालिका र ४ गाउँपालिका छन् । यी ७ वटै स्थानीय तहको ७७ वटा वडामा २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालयमार्फत कामकाज धानिरहेका छन् । थप कर्मचारी कहिले आउने हो अझै टुंगो छैन भने अहिलेसम्म कुनै पनि गाउँपालिकाले वडा कार्यालय स्थापना गर्नसकेका छैनन् । आर्थिक वर्षको शुरुसँगै गाउँमा कर्मचारीपूरा पढ्नुहोस्