Main Menu

राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने

 

rpp-democratic-participate-governmentभदौ १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ ।

मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ ।

राप्रपासँग वैचारिक असहमति राख्दै गत साउन २२ गते अलग भएको सो पार्टीले गत साता मात्र दल दर्ता गरेको थियो । उक्त पार्टीकातर्फबाट १८ सांसद छन् ।

(Visited 125 times, 1 visits today)

टिप्पणी

comments