Main Menu

राष्ट्रिय फुटसल लिगको पहिलो दिन, ८ खेल सम्पन्न

national-futsal-league-day-1भदौ १५, काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत आज भएको खेलमा ८ खेल सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए ।

समूह ‘ए’ अन्तर्गत खेलमा धन्वन्तरि फुटसल खुमलटार युवा क्लबलाई ६–२ गोलअअन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै बिजी फुटसलले जि ब्रदर्सलाई ३–२ तथा स्वयम्भू रिक्रिएसनल सेन्टरले किक अफ फुटसललाई ३–२ ले हराए भने भने हरिसिद्धि फुटसल र खालीबारी फुटबल क्लबले ७–७ गोलको बराबरी खेल्दै अंक बाँडे ।

यस्तै समूह ‘बी’ अन्तर्गतको खेलमा चौर रिक्रिएसनल सेन्टर फुटसल भिलेजलाई ७–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो । त्यसैगरी सामाखुशी फुटसलले ढुकु फुटसल हबलाई ५–० ले, शंखमूल फुटसलले रेभ फुटसल सेन्टरलाई ५–२ ले तथा स्तूप फुटसल बौद्धले रजनी फुटसललाई ३–२ ले पाखा लगाए ।

प्रतियोगिताअन्तर्गत फुटसल एरेना बौद्धमा समूह ‘ए’ का तथा चौर रिक्रिएसन सेन्टरमा समूह बीका ४-४ खेल भएको थियो । १६ टोली सहभागी उक्त प्रतियोगितामा विजेता टोलीले रु. ५ लाख तथा उपविजेताले रु. २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

 

(Visited 166 times, 1 visits today)

टिप्पणी

comments