Main Menu

निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्छ – नेता प्रकाश

 

असोज ३, काठमाडौँ

maoist-centre-improve-election-situationनेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।”

नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिए ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी गत वैशाख ३१ गते भएको निर्वाचनमा भने दुई स्थानमा मात्रै चित्त बुझाउनु परेको थियो ।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उनको भनाइ थियो ।

माओवादी केन्द्रका अर्का नेता हितराज पाण्डेले आगामी निर्वाचनका लागि पार्टीले अहिल्यैदेखि कार्यकर्ता परिचालन र आवश्यक तयारी गर्नुपर्ने बताए ।

“स्थानीय निर्वाचनमा भएको हारको समीक्षा गरेर अगाडि जानुपर्छ ।” उनले भने ।

माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले चुनाव जित्न संगठन मात्र बलियो भएर नहुने भन्दै त्यसका लागि नैतिकता, इमान्दारिता र कुशल परिचालन आवश्यक रहेको बताए ।

त्यस्तै, अर्का नेता भक्ति लामिछानेले पार्टीले चुनाव जित्नका लागि आवश्यकताअनुसार तालमेल र सहकार्य पनि गर्नुपर्नेमा जोड दिए ।

(Visited 102 times, 1 visits today)

टिप्पणी

comments