Main Menu

प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने

every-saturday-manohara-river-cleaningभदौ २५, भक्तपुर । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ ।

मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो ।

भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट शुरु भएको यो अभियान मनोहरा खोलाको उद्गमस्थल काठमाडाैँको साँखुस्थित शाली नदीसम्म सफाइ गरिने अभियानका संयोजक रुद्र भट्टराईले जानकारी दिए ।

काठमाडाैँ जिल्लाको मणिचूड उद्गमस्थल भएको पवित्र धार्मिकस्थल शाली नदी हुँदै बग्ने मनोहरा खोलालाई मानव अतिक्रमण र प्रदूषणमुक्त बनाउन र नदी एवं खोलालाई आफ्नो प्राकृतिक स्वरुपमा बग्न दिने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार मनोहरा खोलाको संरक्षण र बचाउका लागि यो अभियान शुरु गरिएको हो ।

भक्तपुर, काठमाडाैँ र ललितपुरको संगमस्थलबाट शुरु भएको यो अभियान शाली नदीको उद्गमस्थलमा पुगेर समापन हुनेछ । अभियान अन्तर्गत पहिलो दिन ४ मेट्रिक टन फोहोर संकलन भएको थियो ।

अभियानमा वाग्मती सभ्यता एकिकृत विकास समिति, वाग्मती सरसफाइ महाअभियान, कामनपा– ३२, कागेश्वरी नगरपालिका, भक्तपुर जिल्ला समन्वय समिति, सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगी भूमिका रहने छ ।

(Visited 117 times, 1 visits today)

टिप्पणी

comments