Main Menu

मन्त्री हट्ने चर्चापछि सम्पर्कमा छैनन् सचिव

असोज ३१, काठमाडौँ

irresponsible-health-secretary-contactlessदेउवा सरकारले नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरु हटाउने चर्चा चलेपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी स्वास्थ्य मन्त्री गिरीराज मणि पोखरेलको सम्पर्कबाट टाढा छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा छँदाछँदै नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सित ‘वाम गठबन्धन’मा गएको र चुनावी तालमेल गरेको आरोपमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने वा बिनाविभागीय बनाउने चर्चा चलेको थियो ।

अहिले स्वास्थ्य सचिव डा. रेग्मी पूर्ण रुपमा मन्त्रीको सम्पर्कमा नआएको मन्त्रालयका एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए । उनका अनुसार डा. रेग्मी मन्त्रालयमा ‘लुकेर आई हाजिर गर्छिन् र फर्कन्छिन्’ ।

मन्त्रीले दिएको निर्देशनमा काम गर्नुपर्ला भनेर उनी मन्त्रीसित मोबाइल सम्पर्कमा पनि छैनन् । यसबाट स्वास्थ्य मन्त्रालयका महत्वपूर्ण कामहरु हप्तादिनदेखि रोकिएको बताइएको छ ।

त्यसमाथि, सचिवको अनुपस्थितिमा उनी मुनिका कर्मचारीले निमित्तमा रही काम गर्न पाउने भएपनि सचिव डा. रेग्मीले हाजिर मात्रै गरेर निस्कने हुनाले रेकर्डमा चाहिँ उनी उपस्थित नै भएको देखिने भयो । सचिवको ‘उपस्थिति’मा उनी मुनिका अन्य कर्मचारीले निमित्तमा काम गर्न मिल्ने अवस्था रहेन । यसबाट मन्त्रालयका महत्वपूर्ण कामहरु थन्किएको सो कर्मचारीले बताए ।

डा. रेग्मी ४ महिनादेखि स्वास्थ्य सचिव छिन् । कवि माधव घिमिरेकी छोरी उनी काँग्रेस नेतृ आरजु देउवाको सिफारिसमा सचिव बनेको बताइन्छ ।

(Visited 650 times, 1 visits today)

टिप्पणी

comments