Main Menu

Monday, October 9th, 2017

 

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

असोज २३, टोकियो (जापान) भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत ५ जना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा. उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो । कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने दरमा भएको वृद्धिसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो । जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेकोपूरा पढ्नुहोस्


समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा

असोज २३, मियामी, संयुक्त राज्य अमेरिका समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित गरेको आँधीसम्बन्धी अमेरिकी निकाय अमेरिकी राष्ट्रिय समुन्द्री आँधी केन्द्रले बताएको छ । त्यसैगरी आँधी अमेरिकाको न्यू अर्लियन्सतर्फ लागेपछि उक्त क्षेत्रका बासिन्दालाई समुन्द्री आँधी नेटको प्रभाव नपुग्ने स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ । आँधीले १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ दिशा लिएपछि मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सुचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ । आँधीले ती क्षेत्रमा भीषण वर्षा र यसका कारण बाढी तथा डुवानको समस्या निम्त्याउने अनुमान गरिएको छ । सावधानीस्वरुप यो क्षेत्रकापूरा पढ्नुहोस्


अछामका ७ स्थानीय तहमा बैंकिङ सेवा छैन

असोज २३, अछाम अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र ६ वटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी २/३ दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ । टाढाका स्थानीय तहमा बैंक नहुँदा बैंकिङ सेवाका सबै काम गर्न २ दिनसम्म हिडेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालेपूरा पढ्नुहोस्


वाइसिएलले देशभरिकै ६ हजार ७४३ वडामा एकै दिन सम्मेलन गर्दै

  असोज २३, काठमाडौँ नेकपा (माओवादी केन्द्र)को भातृ संगठन (वाइसिएल नेपाल) ले आगामी कात्तिक ११ गते देशभरका ६ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ । वाइसिएलको आइतबार यहाँ सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । देशभर नै एकैपटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए । बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र १९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभाग समेत गठन गरेको छ । वाइसिएलले आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रुपमा युवा परिचालन गर्ने जनाएकोपूरा पढ्नुहोस्


लगातार ८० घण्टा भाषण गरेर केसीले कायम गरे विश्व कीर्तिमान

  असोज २३, काठमाडौँ भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दाबी गरिनेछ । यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका थिए । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएका थिए । सो कीर्तिमानकापूरा पढ्नुहोस्


नेपालमा अहिले कम्युनिस्टहरु छन्, कम्युनिस्ट पार्टी छैन – आहुति [अन्तरवार्ता]

(वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग विश्लेषण’जस्तो समाजशास्त्रीय पुस्तकलगायत थुप्रै साहित्यिक, साँस्कृतिक, राजनीतिक एवं बिचारधारात्मक लेख रचनाहरु लेखेर आफूलाई अब्बल दर्जाका कवि, आख्यानकार र बिचारकका रुपमा स्थापित गर्न सफल उनी काठमाडौं उपत्यकाका एक रैथाने बहुप्रतिभाशाली युवा राजनीतिक नेता हुन् । नवयुवा कालमा तत्कालीन एक वामपार्टी ‘सर्वहारा श्रमिक संगठन’का सदस्यका रुपमा कम्युनिस्टपूरा पढ्नुहोस्