Main Menu

अदालतका नासु घुस लिँदालिँदै पक्राउ

असोज २३, बनेपा

court-na-su-caught-red-handedजिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु. १ लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् ।

अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

उनले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको खुल्न सकेको छैन ।

(Visited 169 times, 1 visits today)

टिप्पणी

comments