आज वर्षकै चिसो दिन – मौसमविद्
पुस १९, काठमाडौँ
आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो ।
जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए ।
तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनु जस्ता कारणले चिसो बढेको हो ।
(Visited 107 times, 1 visits today)
टिप्पणी
« अस्थायी राजधानी तोक्ने निर्णय भएको छैन (Previous News)
(Next News) मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश »