Main Menu

Wednesday, March 23rd, 2016

 

चैत तिनको सान्दर्भिकता

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत तिनको महत्व विशिष्ट प्रकृतिको छ । तर अस्ति भर्खर गएको त्यस दिनलाई राम्ररी सम्झने काम समेत भएन । आफ्नो इतिहासप्रति उदासी, त्यस इतिहासका योगदानहरुप्रति अकृतज्ञता र समयका स्मृतिचिन्हहरुप्रति उपेक्षा सतहमा देखिए । त्यस अप्रिय दृश्यको पुनरावृत्ति नहोस् भन्नका लागि यहाँ चैत तिनको सम्झनामा शब्दहरु अर्पण गर्नु आवश्यक भएको हो । छ्यालीस साल चैत तिन गते नेपालका साहित्य, कला, सङ्गीत तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यजस्ता अन्य सिर्जना क्षेत्रका स्रष्टाहरु अभिव्यक्ति स्वतन्त्रताको निम्ति सडकमा उत्रिएका थिए । मुखमा कालो पट्टी बाँधेर सामुहिक रुपमा धर्ना दिने ती स्रष्टाहरुलाई तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले सामुहिक रुपमा गिरफ्तार गरेको थियोपूरा पढ्नुहोस्