Main Menu

November, 2016

 

क्युवाली क्रान्ति नायक

फिडेल क्यास्ट्रोको निधन

मंसिर ११, काठमाडौं । मध्य अमेरिकी देश क्युवाका पूर्व राष्ट्रपति तथा विश्वविख्यात कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा आज निधन भएको छ । स्थानीय समय अनुसार शुक्रवार राती १०ः२९ बजे अर्थात् नेपाली समय अनुसार आज बिहान ९ः१४ बजे उनको निधन भएको समाचार क्युवाली स्रोतलाई हवाला दिंदै बिबिसिले जनाएको छ । रातीको समयमा अचानक क्युवाको राष्ट्रिय टेलिभिजन मार्फत् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाका क्रान्ति नायक फिडेल क्यास्ट्रोको निधनको घोषणा गरेसँगै तत्कालै हजारौं क्युवालीहरु राजधानी हवानाको सडकबाहिर निस्की दुःख र पीडाले अलाप विलाप गर्न थालेको समाचार छ । सन् १९२६ अगस्त १३ मा जन्मेका फिडेल क्यास्ट्रोले २७ वर्षको कलिलो उमेरमा विश्वक्रान्तिका अर्कापूरा पढ्नुहोस्


अंगीकृत राष्ट्रप्रमुख हुने मस्यौदा हल्ला मात्र -सरकार

कार्तिक २२, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रेस सल्लाहाकार गोबिन्द आचार्य भन्छन्, ‘अंगीकृत नागरिकले पनि राष्ट्रप्रमुख हुन पाउने प्रावधानसहित संविधान संशोधनको तयारी भइरहेको भन्ने प्रचार भ्रामक छ । प्रमुख दलबीचमा सहमति बनाइ संशोधन प्रस्ताव तयार पार्न प्रयास भइरहेको बेला भएको यो गलत प्रचारको बिरोध र भत्सर्ना गर्नुपर्छ ।’ संसदमा सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले ‘राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिक निकायमा अंगीकृत नागरिक अयोग्य हुन्छ ।’ भनी बजारमा अहिले चलिरहेको कुरा झूटो भएको बताएका छन् । त्यस्तै गरी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘अंगीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा हावादारी’ भएको बताएकापूरा पढ्नुहोस्


जीवन र निरन्तर भौतिकवाद

धार्मिक तथा आध्यात्मिक चिन्तन राख्नेहरु अन्धविश्वास या परमात्माको भरोसामा आनन्दको अनुभूति गर्दछन् । त्यसैले आनन्द र आफ्नो अस्तित्वको लालसामा‌ पनि उनीहरु आध्यात्मवादी बाटो या व्यवहारमा लाग्दछन् । आफ्नो अस्तित्व मेट्न कोही चाहँदैनन् । मृत्यु साश्वत सत्य हो । त्यसले व्यक्ति मान्छेको अस्तित्वलाई समाप्त पारिदिन्छ, यो यथार्थ व्यहोर्न कोही पनि चाहँदैनन् । त्यसैले भौतिक यथार्थ थाहा पाउँदा व्यक्ति मान्छे बेचैन हुन पुग्छ । निजी अस्तित्वको लालसाले मनमनै सके आफूलाई ज्ञात भएको भौतिक सत्य असत्यमा परिणत भइदिए हुन्थ्यो भन्ने चाहना उसले राख्दछ । यही कारणबाट नै ब्यापक मान्छेलाई भौतिकवादी बनाउन विज्ञानसमेत अझै असफल भइरहेछ । विज्ञानले प्रकृतिका नयाँनयाँ रहस्यहरु उजागार गर्दै आइरहेकोपूरा पढ्नुहोस्


यू होङ नयाँ चिनीया राजदूत

कार्तिक २०, काठमाडौं । नेपालका लागि नयाँ चिनीया राजदूत यू होङ कार्तिक २२ गते काठमाडौं आइपुग्दैछिन् । उनी निवर्तमान चिनीया राजदूत उ चुन्टाइको स्थानमा कार्यभार सम्हाल्न आउँदैछिन् । नयाँ चिनीया राजदूत यू होङले हाफ्नो ओहोदाको प्रमाणपत्र कार्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । निवर्तमान चिनीया राजदूत उ चुन्टाइ चीनको विदेश मन्त्रालयको जनरल अफिसको डेपुटी डाइरेक्टर पदमा नियुक्त भएको समाचार छ । उनी सन् २०१३ को मार्चमा नेपालका लागि चिनीया राजदूत भई काठमाडौं आएका थिए । नयाँ चिनीया राजदूत यू होङ दशकौंदेखि चीनको कुटनीतिक क्षेत्रमा काम गर्दै आएकी अनुभवी कुटनीतिज्ञ भएको बताइन्छपूरा पढ्नुहोस्


सन्दर्भ प्रणव मुखर्जीको भिजिट

अतिवादी चिन्तन र व्यवहारको हावी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण आज कार्तिक १९ गते सकिँदैछ । भ्रमण सेड्यूल अनुसार उनी आज पोखरा र जनकपुरको भ्रमण सकाएर स्वदेश फर्किंदैछन् । यसअघि गत कार्तिक १७ गते बुधवार काठमाडौं आइपुगेका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री प्रकाश शरण महतलगायत नेपाल सरकारका अन्य मन्त्री तथा उच्च पदस्थ व्यक्तित्वहरुले भव्य स्वागत गरेका थिए । दुई दिनबीच उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, सत्ता साझेदार दल एवं विपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै औपचारिक भेटघाट गर्नुका साथै आन्दोलनरत मधेसकेन्द्रित पार्टीका नेताहरुलाई समेत भेटघाट गरिसकेका छन् । उनलाई नेपाल सरकार तथा बिभिन्न संस्थाहरुले कार्यक्रमहरु मार्फतपूरा पढ्नुहोस्


अस्टेरिटीबिरुद्ध लाखौं सडकमा

स्पेनमा विशाल बिद्यार्थी आन्दोलन

कार्तिक १८, काठमाडौं । स्पेनमा गत अक्टोबर २६ मा दक्षिणपन्थी सरकारको शैक्षिक अस्टेरिटीबिरुद्ध २ लाखभन्दा बढी बिद्यार्थीहरु सडकमा उत्रे । स्पेनको बिद्यार्थी संगठन सिन्डिकाटेि इस्टुडियन्ट्स (एसइ) को आह्वानमा भएको आम हडतालको क्रममा बिद्यार्थीहरु सडकमा उत्रेका हुन् । त्यस संगठनले सरकारको शैक्षिक अस्टेरिटीबिरुद्ध हडतालको आह्वान गरेपछि स्पेन भरिका ९० प्रतिशत स्कुलका लाखौं बिद्यार्थीहरु कक्षा कोठा छाडी प्रदर्शनमा उत्रेका छन् । सोसियलिस्ट वल्र्ड डट नेटले जनाएअनुसार स्पेनी बिद्यार्थी संगठनको आह्वानमा स्पेनभरि ६० वटाभन्दा बढी सफल प्रदर्शन भएका छन्, जसमा लाखौं बिद्यार्थीहरुको सहभागिता रह्यो । समाचार अनुसार स्पेनको बिल्बाओ शहरमा १० हजारभन्दा बढीको, डोनोसियामा ५ हजार र भिटोरिया/गास्टिज तथा इरुनामा हजारौं बिद्यार्थीहरु सडकमापूरा पढ्नुहोस्


आहुतिको चिन्ता र सरोकार

परम्परा, स्वाद र संस्कृति

साहित्यकार तथा संस्कृति चिन्तक आहुतिले देउसी भैलोबारे आफ्नो फेसबुक भित्तामा status लेखेर परम्परा, संस्कृति र राजनीतिलाई एकसाथ जोड्ने प्रयत्न गरेका छन् । उनको status प्रति कतिपय साथीभाइले तीखो टिप्पणी गरेका छन् । उनको status यस्तो छ, ‘जतिसुकै फूलबुट्टा भरेर कार्यक्रम गर्नोस् ,समुदाय आफैले खेल्ने कुराबाहेक ,संगठित संस्थाहरूले आयोजना गर्ने देउसी-भैलो बुझेर वा नबुझेर , अन्जानमा वा नियतपूर्वक गैरहिन्दूलाई हिन्दूकरण गर्ने पञ्चायती रणनीतिकै निरन्तरता हो र ती संगठित संस्थाहरू धर्मनिरपेक्षताको नीतिप्रति पटक्कै गंभीर छैनन् भन्ने कुराको प्रमाण पनि हो !’ आहुतिले यहाँ संगठित संस्था भनेर युवा क्लब, बिद्यार्थी संगठन, सरकारी तथा गैर सरकारी संस्थाहरुदेखि सांस्कृतिक संस्था एवं राजनीतिक पार्टीहरुसम्मलाई इंगित गर्नपूरा पढ्नुहोस्