Main Menu

भारतीय नाकाबन्दीको बिरोधमा

बिद्यार्थी–शिक्षकले चक्रपथ घेराउ गरे

12305776_1059322367412141_2100350138_nमंसिर ११, काठमाडौं । भारतीय नाकाबन्दीबिरुद्ध आज शुक्रवार बिहान ११ देखि २ बजेसम्म राजधानीको चक्रपथलाई बिद्यार्थी–शिक्षकले मानव साङ्गलो बनाई घेरामा पारे । साढे २७ किलोमिटर लामो चक्रपथलाई उपत्यकाभित्रका विद्यालय, कलेज, विश्वविद्यालयलगायत सबैजसो शैक्षिक संस्थाबाट हजारौं सङ्ख्यामा बिद्यार्थी तथा शिक्षकहरु आई घेरामा पारेका थिए । नाराबाजी र भाषणलाई संलग्न नगराइएको उक्त शालीन बिरोध कार्यक्रममा सहभागीहरुले नाकाबन्दीबिरुद्धका प्ले कार्डहरु, राष्ट्रिय झण्डा र सहभागी संस्थाका ब्यानरहरु बोकेका थिए ।

शुक्रवारको चक्रपथ घेराउ कार्यक्रम अल प्राइभेट इन्स्टिच्युट अफ नेपाल (अपिन), संयुक्त बिद्यार्थी संगठन, निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (एन प्याब्सन) र उच्च माध्यमिक बिद्यालय संघ (हिसान) ले संयुक्त रुपमा आयोजना गरेका हुन् । उक्त बिरोध कार्यक्रममा सहभागीहरु अत्यधिक हुँदा चक्रपथमा नअटाई भित्री सडकहरुमा पनि एकसाथ मानव साङ्गलो बनाइएको थियो । सोही क्रममा ललितपुरको लगनखेल समेतसम्म पनि प्रदर्शनी भएको थियो ।

चक्रपथ घेराउका केही दृश्यहरु :

12277247_1059323557412022_731933191_n

12286026_1059323694078675_1763208826_n

12305492_1059323264078718_1241658264_n

12305507_1059328457411532_473342720_n

12312015_1059323520745359_189988004_n

फोटो : झबिलाल श्रेष्ठ/मूल्याङ्कन

(Visited 175 times, 1 visits today)

टिप्पणी

comments