Main Menu

समसामयिक विषयमा कवि गोष्ठी

शासनसत्ता फेरियो, राज्यसत्ता उस्तै छ : किरण

Krishna-Sen-Ichhukपुस २६, काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले शनिबार राजधानीमा विशेष कवि गोष्ठी सम्पन्न गरेको छ । संवाद डबली अनामनगरको सभाहलमा आयोजित गोष्ठीमा झण्डै डेढ दर्जन कविहरुले समसामयिक विषयमा कविता प्रस्तुत गरेका थिए ।

कविता वाचन गर्नेमा कविहरु केशव सिलवाल, स्वप्निल स्मृति, स्नेह सायमि, लक्ष्मी माली, राजबहादुर कुँवर, गौरी दाहाल, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली, राजु स्याङतान, मुक्तान थेबा थिए । त्यस्तै डा. जगदीशचन्द्र भण्डारी, चन्दा थानी, पुण्य गौतम विश्वास, हीरामणि दुःखी, प्रभात सापकोटा, सङ्गीत श्रोता, कुशल बोगटी, बालाकृष्ण अधिकारीले पनि कविता प्रस्तुत गरेका थिए ।

गोष्ठीमा वाचित कविताहरुमाथि समीक्षा गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले देशले भोगिरहेको तत्कालीन समस्यालाई कविहरुले आफ्ना रचनामा ध्वनित गरेको बताए । अध्यक्ष किरणले नयाँ संविधान निर्माणको प्रक्रिया एक अर्थमा प्रगतिशील भए पनि सारमा त्यसको अन्तर्वस्तु पुरानै भएको टिप्पणी गरे ।

‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक व्यवस्था जस्ता उपलब्धिहरु प्राप्त भएका छन्,’ किरणले भने, ‘तर जनताका हातमा राज्यसत्ता आइसकेको छैन । राजतन्त्रात्मक शासन सत्ता गणतन्त्रात्मक मात्रै भएको छ । शासनसत्ता फेरिएको छ, राज्यसत्ता उस्तै छ ।’

उनले देशमा मुक्तिको लडाइँ अझै बाँकी रहेको र त्यसका लागि कविहरुले पनि कवितामार्फत् आफ्नो सक्रियता कायम राख्नुपर्ने जिकिर गरे ।

कार्यक्रमममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा कवि ईश्वरचन्द्र ज्ञवाली र प्रतिष्ठानका सदस्य सचिव हीरामणि दुःखीले पनि बोलेका थिए ।

क्रान्तिकारी कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा उनकै नामबाट इच्छुक सांस्कृतिक प्रतिष्ठान स्थापना भएको हो ।प्रतिष्ठानले विभिन्न साहित्यिक, सांस्कृतिक तथा वैचारिक विषयमा गोष्ठी, छलफल, अन्तक्र्रिया र प्रकाशन समेत गर्दै आएको छ । प्रतिष्ठानबाट ‘प्रवर्तक’ र ‘इच्छुक’ दुई साहित्यिक जर्नल प्रकाशन हुँदै आएका छन् ।

इच्छुकलाई तत्कालीन राज्यसत्ताले वि.सं. २०५९ मा पक्राउ गरी हिरासतमै हत्या गरेको थियो ।

(Visited 436 times, 1 visits today)

टिप्पणी

comments