Main Menu

तेह्र हजार जनप्रतिनिधि निर्वाचित

पहिलो चरणको स्थानीय निर्वाचनमा मतगणना ।

जेठ १२,  काठमाडौँ । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९ सय ६४ प्रतिनिधि निर्वाचित भएका छन् ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २ सय ८३ स्थानीय तहमध्ये २ सय ७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो विवरण अनुसार नगर प्रमुख वा अध्यक्ष २ सय ७८, उपाध्यक्ष/उपप्रमुख २ सय ७८, वडाध्यक्ष २ हजार ५ सय १३, वडा सदस्य ५ हजार २०, महिला सदस्य २ हजार ५ सय ८ र दलित महिला सदस्य २ हजार ३ सय ६७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अब पाँच स्थानीय तहको विवरण आउन बाँकी छ

(Visited 75 times, 1 visits today)

टिप्पणी

comments