Main Menu

Friday, January 8th, 2016

 

समाजवादको सान्दर्भिकताबारे बहस

नेपालमा समाजवादी क्रान्ति कस्तो ?

पुस २४, काठमाडौं । नेपालमा समाजवादी क्रान्तिको स्वरुप कस्तो भन्ने विषयमा राजधानीमा बहस भएको छ । ‘नेपालमा समाजवाद : कस्तो र कसरी ?’ शीर्षकमा आइतबार पद्मकन्या क्याम्पसको डेनिस हलमा भएको उक्त बहसमा नेपालका विभिन्न कम्युनिस्ट घटकसँग सम्बद्ध नेता र बुद्धिजीवीहरुले आ–आफ्नो विचार व्यक्त गरे । माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको बहसमा आयोजकका तर्फबाट रमेश सुनुवारले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि नेकपा एमालेका नेता डा. विजय पौडेल, एकीकृत नेकपा माओवादीका नेता आहुति, नयाँ शक्ति अभियानका नेता देवेन्द्र पौडेल, नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोला र विश्लेषक केशव दाहालले बोलेका थिए । प्रतिष्ठानले समाजवादी क्रान्ति सम्बन्धी यस्ता अन्तक्र्रियात्मक बहसहरु देशभरि गर्नेपूरा पढ्नुहोस्


चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित नेपाल–भ्रमण विश्लेषण

राष्ट्रपति सिको नेपाल भ्रमण

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियाकै कूटनीतिक राजनीतिक जगत्मा चासो जगाएको छ । उनको भ्रमण नेपालका प्रधानमन्त्रीले आगामी चैतमा गर्ने भनिएको चीन भ्रमणभन्दा पहिले हुनेछ या पछि त्यो प्रस्ट भनिएको छैन । तर, सामान्य कूटनीतिक परम्पराअनुसारचाहिँ यो भ्रमण नेपालका प्रधानमन्त्रीले बेइजिङ भ्रमण गरिसकेपछिको केही महिनामा हुनेछ । अर्थात्, यसवर्ष नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान–प्रदान हुनेछ । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि महत्त्वपूर्ण रहनेछ । र, यसले आगामी कैयौँ वर्षसम्म दक्षिण एसिया र मध्यएसियासम्म रणनीतिक महत्त्वको अर्थ बोक्ने निश्चित छ । मंगलबार मात्र न्युयोर्क टाइम्सलेपूरा पढ्नुहोस्