Main Menu

‘अब मुलुकमा आर्थिक क्रान्ति’

economic-revolution-needed-fm-karkiसाउन १५, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताएका छन् ।

धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाविका सुश्री मीरा राईलाई सम्मान गर्न आयोजना गरिएको एक कार्यक्रममा अर्थमन्त्री कार्कीले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गरे ।

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उनले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने बताए ।

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सराहना पनि गरे ।

कार्यक्रममा मन्त्री कार्कीले भोजपुरे सेवा समाजको वेवसाइट www.bhojouresewasamaj.org को पनि शुभारम्भ गरे ।

‘अल्ट्रा’ धाविका राई धावन क्षेत्रमा ‘एड्भेञ्चरर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।

भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उनलाई अर्थमन्त्री कार्कीले सम्मान गरे ।

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला, जापानी राजदूत मासासी ओगावा र सोलुखुम्बुका समाजसेवी डोमा शेर्पालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि सहभागिता थियो ।

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments